१० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने योजना सार्वजनिक
गैरआवासीय नेपाली लगानीकर्ता तथा विदेशी साझेदारहरू संलग्न बहुराष्ट्रिय कम्पनी ‘आइडिया फर वर्ल्ड’ ले १० वर्षभित्र १० लाखलाई उद्यमी बनाउने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । आइडिया फर वल्र्डले आइतबार एक कार्यक्रमको आयोजना गरी सो योजना सार्वजनिक गरेको हो । सो संस्थाका अध्यक्ष गोकर्ण श्रेष्ठले आइडिया फर वल्र्डको विभिन्न परियोजनामध्ये आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउँदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट उद्यमी बनाउने सम्भव रहेको दावी गरे । आइडियाले पार्किङ परियोजनाका लागि नेपाल, भारत, बंगलादेशदेखि यूरोपका सम्पूर्ण देश, अमेरिका, अफ्रिकालगायत ६० भन्दा बढी देशमा सम्बन्धन लिएको छ ।
संस्थाका मार्केटिङ डाइरेक्टर हिराधन राईका अनुसार करिब ५ वर्षदेखि नेपालमा समेत आइडिया फर वल्र्डको एशोसिएटेड संस्था ‘आइडिया फर नेपाल’ लगायतको अगुवाइमा कृषि, घरजग्गा, पर्यटन, प्रविधि लगायतको क्षेत्रमा लगानी गरी परियोजना सञ्चालन गरिरहेको छ ।
संस्थाले काठमाडाैं, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा स्मार्ट सिटी निर्माणका अवधारणासहित आवास निर्माण गर्ने परियोजनामा समेत काम गर्दै छ । त्यस्तै, चितवनको माडीमा ४० बिगाहा क्षेत्रफलमा फलफूल र माछापालनको व्यावसाय गर्दै आएको छ । माडीमै स्टान्डर्ड रिसोर्ट सञ्चालन गर्ने कामको समेत पूर्व तयारी गरिरहेको छ । काठमाडौं टावर, मुक्तिनाथ केबलकार, सोलर फार्म लगायतका परियोजनाहरुको समेत यो संस्थाको साझेदारी छ ।
कम्पनीले न्यूनतम दुई डलर लगानीमा घरको मालिक बन्न सक्ने परियोजना पनि ल्याएको छ । उक्त योजना बेलायतबाट गत अक्टोबरमा सुरु गरिएको अध्यक्ष श्रेष्ठले बताए । परियोजनाअन्तर्गत प्रत्येक दिन दुई डलरको लगानीमा कम्पनीको सेयरधनी हुन सकिने र कम्पनीको प्रोपर्टीको स्वामित्व लिन सकिनेछ । परियोजनामा हालसम्म ७ हजार भन्दा बढी सदस्यले सेयरधनी हुन आवेदन दिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए ।
विश्वका ८० भन्दा बढी देशमा विभिन्न व्यावसाय गरिरहेको आइडिया ग्रुपले आइडिया बैंक सञ्चालनका लागि लाइसेन्स प्रक्रिया पनि सुरू गरेको जनाएको छ । बेलायतमा स्थापना हुने यो बैंक यसै वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य तोलामा १७०० रुपैयाँ घट्यो
-
रास्वपालक्षित शंकर पोखरेलको टिप्पणी : अति सर्वत्र वर्जयेत्
-
प्रशिक्षकलाई रातो कार्ड, गोलरक्षकको अनुहारमा विपक्षीको बुट र पीएसजीको जित !
-
मेलम्चीको पानी वितरणका लागि बिच्छाइएका पाइपलाइनको काम छिटो सम्पन्न गर्न निर्देशन
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक