शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

आइतबार, २५ पुस २०७८, १८ : ०५
आइतबार, २५ पुस २०७८

नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ‘वित्तिय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तिय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।

उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभावी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतिय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरुलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने योजना अगाडी सारेको जानकारी गराएका थिए ।

बैंकले हाल देशभर एक सय वटा शाखा कार्यालयमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस्तै, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप