नेपाल बङ्गलादेश बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
आइतबार, २५ पुस २०७८, १८ : ०५
नेपाल बंगलादेश बैंकको भोजपुर शाखाले वित्तीय साक्षरता तालिम सम्पन्न गरेको छ । नेपाल राष्ट्र बैंकको ‘वित्तीय साक्षरता नीति’लाई अवलम्बन गर्दै बैंकले भोजपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
उक्त कार्यक्रममा क्याम्पसका १७० जना विद्यार्थीहरू सहभागी थिए । कार्यक्रममा भोजपुर शाखा प्रमुख विनोद पाण्डेले विद्युतीय भुक्तानी प्रणालीको प्रयोग तथा उपयोगिताका बारेमा विद्यार्थीहरूलाई जानकारी गराए । उनले नेपाल राष्ट्र बैंकले नै नगदरहित विद्युतीय भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने योजना अगाडी सारेको जानकारी गराएका थिए । बैंकले हाल देशभर एक सय वटा शाखा कार्यालयबाट सेवाग्राहीलाई सेवा दिँदै आएको छ । यस्तै, १० एक्सटेन्सन काउन्टर, तथा ८४ वटा एटीएममार्फत बैंकिङ सेवा दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा
-
१० बजे, १० समाचार : रविलाई ३ वटा मुद्दा, जग्गा विवादमा एमालेलाई राहत
-
नेपालका हिमाली क्षेत्रमा जलवायु परिवर्तनको अवस्थाबारे अनुसन्धान गर्न परराष्ट्रमन्त्रीको आग्रह
-
एनआरएनए उच्चस्तरीय समिति बैठक : एकताका लागि दुई निर्णय
-
लखतीर्थमा कांग्रेस नेता पिएल सिंहको अन्त्येष्टि
-
बुटवलमा हुने औद्योगिक व्यापार मेलाको तयारी पूरा