शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स र ओम हस्पिटलबीच स्वास्थ्य सेवासम्बन्धी सम्झौता

आइतबार, २५ पुस २०७८, १७ : ५९
आइतबार, २५ पुस २०७८

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्बन्धी सम्झौता भएको छ । आफ्ना ग्राहक, अभिकर्ता र कर्मचारीहरुको लागि स्वास्थ्य सम्बन्धी सहयोग पुर्‍याउने उद्देश्यले इन्स्योरेन्सले हस्पिटलसँग सम्झौता गरेको हो । सम्झौता अनुसार ओम हस्पिटलबाट उपलब्ध हुने स्वास्थ्य उपचार सेवा शुल्क र औषधी खरिदमा विशेष छुट प्राप्त गर्नेछन् ।

सम्झौतापत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र ओम हस्पिटलका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतले हस्ताक्षर गरेका छन् । यस सम्झौताले कम्पनीसंग आबद्ध सम्पूर्ण ग्राहक लाभान्वित हुने कुरामा कम्पनी विश्वस्त रहेको र आगामी दिनहरुमा अरु सेवा प्रदायक संस्थाहरुसंग सहकार्य गर्दै जाने योजना रहेको कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप