राष्ट्रियसभा सदस्य निर्वाचनः बागमतीका उम्मेदवारलाई दलकै चुनाव चिन्ह
राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेको छ । राष्ट्रियसभा सदस्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले आइतबार प्रदेशबाट उम्मेदवारी दिएका ६ जना उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । श्रेष्ठले उम्मेदवारको प्रतिनिधिहरुको रोहवरमा उम्मेदवारहरूलाई चुनाव चिन्ह प्रदान गरेका हुन् । उम्मेदवारहरूलाई सम्बन्धित दल कै चुनाव चिन्ह प्रदान गरेको छ ।
कार्यालयले बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्य पदका लागि नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेललाई ‘रुख’, नेकपा एकीकृत समाजवादी पार्टीकी गोमा तिमल्सिनालाई ‘कलम’ चिन्ह प्रदान गरेको छ । त्यस्तै एमालेबाट उम्मेदवार बनेका गोपाल शाक्य, निरकुमारी कुँवर, दर्लामीलाई ‘सूर्य’ चिन्ह दिएको छ । नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङ र गीता काफ्लेलाई ‘मादल’ चिन्ह प्रदान गरेको छ ।
आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशबाट महिला र अन्य समुहतर्फबाट २ जना सदस्यहरुका लागि निर्वाचनको हुँदैछ । सो निर्वाचनमा सत्तारुढ गठबन्धन, एमाले र नेमकिपाबिच चुनावी प्रतिस्पर्धा हुँदैछ । हेटौंडा–८ स्थित औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयको हभाहललाई मतदान केन्द्र तोकीएको छ । मतदानको कार्यक्रम माघ १२ गते विहान ९ बजेदेखि ३ बजेसम्म संचालन हुने तालिका रहेको छ ।
राष्ट्रियसभाको निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चा गठबन्धनमा रहेका छन् भने एमाले एक्लै चुनावी मैदानमा रहेका छ ।
राष्ट्रियसभा निर्वाचनमा स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष‚ उपाध्यक्ष र प्रदेशसभा सदस्यले मतदाता रहनेछन् । कुल ११९ स्थानी तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष गरी कुल २३८ जना र प्रदेशसभाका कुल ११० जना सदस्य गरी राष्ट्रियसभा निर्वाचनमा बागमती प्रदेशमा ३४८ मतदाता रहेका छन् ।
जसमध्ये एक पालिका अध्यक्ष कारवाहीमा परेकाले निलम्बित छन् । उनी मतदान प्रक्रियामा भाग लिन पाउने छैनन् । जसका कारण स्थानीय तहमा २३७ जना मतदाता कायम भएको छ । त्यस्तै एक जना सदस्यको कोरोनाका कारण निधन भएकाले प्रदेशसभाका १०९ जना सदस्य मात्र मतदाता कायम रहेका छन् ।
निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्षको मतभार १८ हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानलाई हराउन नेपालले १०५ रन बनाउनुपर्ने
-
पीएल सिंहलाई अन्तिम श्रद्धाञ्जली, तस्बिरहरू
-
अर्थ समितिको बैठक मंगलबार ११ बजे बस्ने
-
दक्षिण कोरियामा यूनविरुद्धको महाभियोगमा सुनवाइ सुरु
-
न्युजिल्यान्डविरुद्धको तेस्रो टेस्ट क्रिकेट : भ्रमणकारी टोली इङ्ल्यान्ड हारतर्फ उन्मुख
-
डीआईजी अर्जुन चन्द अवकाशमा, ३ डीआईजी पद रिक्त