बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शर्मा र बिसीबीच प्रतिस्पर्धा

आइतबार, २५ पुस २०७८, १७ : ०९
आइतबार, २५ पुस २०७८

नेकपा एमाले सुर्खेतको नेतृत्व चयनका लागि निर्वाचन हुने भएको छ ।  नेताहरुबीच सहमति नजुट्दा निर्वाचनमा जानुपरेको हो। शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा सहमतीमा नेतृत्व चयन गर्ने प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचनमा जानुपरेको प्रचार–प्रसार समितिका संयोजक गंगाराम तिमिल्सिनाले रातोपाटीलाई जानकारी दिए ।  निर्वाचनका लागि तालिका पनि सार्वजनिक भइसकेको छ ।

अध्यक्षका लागि वर्तमान पार्टी उपाध्यक्ष  अमृत विसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ । यसअघि अध्यक्षको चर्चामा रहेका कुलमणि देवकोटा र वर्तमान पार्टी अध्यक्ष धुर्वकुमार शाही पछि हटेका छन् । स्रोतका अनुसार शाही र देवकोटाले उपाध्यक्ष भएकोले विसीलाई समर्थन गर्ने देखिन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप