२४ घण्टामा संक्रमणदर ९.५ प्रतिशत, उपत्यकामा मात्रै ६१५ जनामा कोरोना देखियो
आइतबार, २५ पुस २०७८, १६ : ५९

पछिल्लो २४ घण्टामा गरिएको कोरोना परीक्षणमध्ये संक्रमणदर ९.५ प्रतिशत रहेको छ। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता संगीता मिश्रले संक्रमण दर बढ्दै गइसकेको भन्दै आवश्यकता स्वास्थ्य सतर्कता अपनाउन आह्वान गरिन् ।
उनका अनुसार काठमाडौं उपत्यका भित्रमात्रै पछिल्लो २४ घण्टामा ६१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार भक्तपुरमा २५, ललितपुरमा ९९ काठमाडौंमा ४९१ गरी ६१५ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभर १२ हजार ६३२ जनामा कोरोना परीक्षण भएको थियो । जसमा ११६७ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २२४ जना निको हुँदा २ जनाले ज्यान गुमाएका छन् । हाल देशभर ६ हजार ७५५ जना सक्रिय संक्रमित छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिकसत्र सुरु हुनुअघि नै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुर्याउने लक्ष्य
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
औद्योगिक ग्राम सञ्चालन कार्यविधि : ३० वर्ष मुनिका युवा उद्यमी र घरेलु उद्योगलाई प्राथमिकता
-
‘माया के हो ?’मा आकाश र उगेनकाे रोमान्स
-
'नयाँ सहमतिको लागि आन्दोलन गरेका होइनौँ, पुरानै सहमति सम्बोधन होस्, वार्ताको औचित्य छैन'
-
चिनियाँ नागरिक रुसको तर्फबाट लडिरहेको जेलेन्स्कीको दाबी, पक्राउ परेका दुई सैनिकको भिडियो जारी