बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने

आइतबार, २५ पुस २०७८, १६ : ४९
आइतबार, २५ पुस २०७८

नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।

अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई जानकारी दिए । जिल्ला कमिटीमा ४८ जना निर्विरोध निर्वाचित भएका छन् ।
महिला खुलाबाट १२, भूगोल ५ वटै निर्वाचन क्षेत्रबाट ५/५ गरी २५ जना महिला, जनजाति महिला तर्फबाट २, राना थारु तर्फबाट ५ जना महिला निर्विरोध निर्वाचित भएका छन् । पेशागत खुल्लातर्फबाट १ जना महिला, मजदुरतर्फबाट पुरुष र महिला गरी ३ जना निर्विरोध निर्वाचित भएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप