कैलालीमा नेकपा एमालेको नेतृत्व चयनका लागि निर्वाचन हुने
नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कैलाली जिल्लामा नेतृत्व छनोटका लागि निर्वाचन हुने भएको छ । सहमतिबाट नेतृत्व छनोट असम्भव भएपछि कैलालीमा नेतृत्वका लागि चुनाव हुन थालेको हो । केहीबेरमै मतदान सुरु हुने नेकपा एमाले जिल्ला कमिटी कैलालीले जनाएको छ । निर्वाचन समितिले अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ भने १५० सीटका लागि ३२९ जनाको उम्मेदवारी परेको छ ।
अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित उम्मेदवारी दर्ता गरेको प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई जानकारी दिए । जिल्ला कमिटीमा ४८ जना निर्विरोध निर्वाचित भएका छन् ।
महिला खुलाबाट १२, भूगोल ५ वटै निर्वाचन क्षेत्रबाट ५/५ गरी २५ जना महिला, जनजाति महिला तर्फबाट २, राना थारु तर्फबाट ५ जना महिला निर्विरोध निर्वाचित भएका छन् । पेशागत खुल्लातर्फबाट १ जना महिला, मजदुरतर्फबाट पुरुष र महिला गरी ३ जना निर्विरोध निर्वाचित भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण