नेप्सेमा उछाल, ७३ अंकले बढेको बजारमा ७ अर्बको कारोबार
आइतबार सेयर बजार परिसूचक नेप्सेमा अधिकतम् ७३ अंक बढीको उछाल आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ७३.०५ अंकले बढेर २७ सय ६५.५१ अंकमा उक्लिएको हो । यस बढी ‘क’ वर्गको सेन्सेटिभ इन्डेक्स समेत अधिकतम् १३.२१ अंकले बढेर ५१९.३७ विन्दुमा पुगेको छ ।
साताको पहिलो कारोबार दिन समेत रहेको आज सबै उपसूचक धनात्मक (पोजेटिभ) हुँदै बजार नै हरियाली बनेको छ । यस दिन ट्रेडिङ (व्यापार) समूहको उपसूचक अधिकतम् ६.०८ प्रतिशतले बढेको छ भने, विकास बैंक समूहको ५.४९ प्रतिशतले, फाइनान्स ५.१६ प्रतिशतले, हाइड्रोपावर ४.४९ प्रतिशतले र निर्जीवन बीमा समूह ३.१३ प्रतिशतले वृद्धि भएको छ ।
आज दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक दर्जन भन्दा बढी कम्पनीहरुको मूल्यमा ८ प्रतिशत माथिको वृद्धि भएको छ । ७३ अंकमाथिले बढेको बजारमा आज ७ अर्ब १० करोड १८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रौतहटमा खुकुरी प्रहार गरेर महिलाको हत्या, ढुङ्गा हानेर आरोपी पक्राउ
-
युरोप डढेलोको चपेटामाः स्पेन र फ्रान्समा हजारौँ मानिसलाई सुरक्षित स्थानमा जान आदेश
-
अभियन्ता वेदिका केसीलाई थुनाबाहिरै राखेर अनुसन्धान गरिँदै
-
इबोलाको नयाँ खोपको पहिलो परीक्षण
-
क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण