शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण समस्या : डा. बाबुराम भट्टराई

आइतबार, २५ पुस २०७८, १६ : ३५
आइतबार, २५ पुस २०७८

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले मुख्य राजनीतिक नेतृत्वको दृष्टिदोषका कारण मुलुकमा विकास र समृद्धिको अभियानले गति लिन नसकेको बताएका छन् ।

अध्यक्ष भट्टराईले मुलुकमा विकास र समृद्धिको कामलाई गतिका साथ अघि बढाउन राजनीतिक नेतृत्वले विज्ञहरुको ज्ञान, सीप र अनुभवको सदूपयोग गर्नुपर्ने पनि स्पष्ट पारे । राष्ट्रिय व्यापार संघले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कृषि, उद्योग र सेवाका क्षेत्रको उचित सन्तुलन मिलाउने र छिमेकीहरुमा आएको परिवर्तनलाई आत्मसात गरेर राजनीतिक नेतृत्व अघि बढे मुलुकमा छिटोभन्दा छिटो विकास र समृद्धि हुने तर्क गरे ।

अध्यक्ष भट्टराईले व्यूरोक्रेसीमा मुलुकलाई समृद्ध बनाउने जनशक्ति भएको उल्लेख गर्दै त्यसलाई परिचालन गरेर अघि बढ्न पनि राजनीतिक नेतृत्वले ध्यान दिनुपर्ने बताए । उनले अर्थतन्त्रको विकासका लागि व्यवसायीहरुले पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा जोड दिनुपर्ने खाँचो औंल्याए ।

‘हिजो आन्दोलन ग¥यौं हामीले सात सालदेखि । राणतन्त्र फ्याँक्यौं । पछि पञ्चायत फ्याँक्यौं । पछि राजतन्त्र फ्याँक्ने संघर्षहरु ग¥यौं र अहिले हामी नयाँ चरणमा प्रवेश गरिसक्यौं, उनले भने, ‘तर मेरो समकक्षी साथीहरुप्रति मलाई बडो दिक्क लाग्छ । परिस्थिति फेरिइसक्यो । एजेन्डा फेरिइसके । छिमेक फेरिइसक्यो । तर यति बेलाको हाम्रो मुख्य कार्यभार भनेकोचाहिँ छिटोभन्दा छिटो विकास र समृद्धि नै ल्याउने हो । तर यसमा हुँदाहुँदै थेगो त सबैले थाल्नु भो, समृद्धि समृद्धि । तर त्यो समृद्धि हो के ? आउँछ कसरी ? भनेर मात्रै आउँछ कि ?’

राजनीतिक नेतृत्वले आफू जान्ने पल्टिने, सबै क्षेत्रमा जानेको छु भन्ने र अनि बिगार्ने गर्न नहुने उनको भनाइ थियो । ‘कसले जानेको छ, त्यो बुझ्ने र जानेको मान्छेलाई त्यो परिणाम ल्याउनुस् भन्ने हो,’ उनले भने, ‘र त्यो भनेको अहिलेको नेपालमा विकास र समृद्धिको जुन कुराहरु छन्, त्यो भनेको कृषि, उद्योग र सेवाका क्षेत्रहरुको उचित सन्तुलन मिलाउने ।’

विज्ञहरुसँग ज्ञान, सिप र अनुभव सदुपयोग गरेर अगाडि लैजान सक्ने हो भने देश समृद्ध बन्न सक्ने उनले बताए । तर राजनीतिक नेतृत्वको दृष्टिदोषले समस्या भइरहेको उनले प्रस्ट पारे ।

अध्यक्ष भट्टराईले मुलुकबाट गरिवी निवारण नभई व्यापार व्यवसाय फष्टाउन नसक्नेतर्फ पनि उद्योगी, व्यवसायीहरुले ध्यान दिनुपर्ने बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप