पाकिस्तानको सर्वोच्च अदालतमा पहिलो पटक महिला न्यायाधीश
पाकिस्तानको न्यायीक इतिहासमा पहिलो पटक सर्वोच्च अदालतमा महिला न्यायाधीसका लागि बाटो खुला भएको छ । त्यहाँको सर्वोच्च अदालतले पहिलो महिला न्यायाधीश आयशा मलिकको नियुक्तिको बाटो खुला गरेको हो । उच्चस्तरीय न्यायिक समितिले लाहौर उच्च अदालतकी न्यायधीश आयशा मलिकलाई सर्वोच्च अदालतमा नियुक्तिका लागि स्वीकृति प्रदान गरेको हो ।
वास्तवमा, आफ्नो मिहिनेत, लगन र इमान्दारीको आडमा नै आयशा मलिक पाकिस्तानको सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश बन्न लागेकी हुन् । देशको न्यायिक आयोगले उनको नाममा मञ्जुरी दिएको हो । अब संसदीय समितिबाट मंजुरी मिलेपछि उनले यो दर्जा हासिल गर्नेछिन् । यो पाकिस्तानी महिलाको मामिलामा गर्वको कुरा हुने भएको छ ।
को हुन् आयशा मलिक ?
सन् १९६६ को ३ जूनमा जन्मेकी आयशा मलिकले कराँचीमा ग्रामर स्कूलबाट आफ्नो पढाइ सुरु गरेकी थिइन् । त्यसपछि उनले गभर्नमेन्ट कलेज अफ कमर्श एन्ड इकोनोमिक्समा स्नातकको डिग्री लिइन् । यसपछि कानुनी शिक्षामा उनको लगाव बढ्न थाल्यो र कलेज अफ ल बाट डिग्री हासिल गरिन् । पछि उनले अमेरिकामा मासाचुसेट्सको हार्भड स्कूल अफ लबाट एलएलएमको पढाई पुरा गरिन् । उनलाई सन् १९९८–१९९९ मा लन्डन एच गेमोनको फेलोको रुपमा चुनियो ।
आयशा मलिकले आफ्नो करियर कराचीको फखरद्दिन जी इब्राहिम एन्ड कम्पनीबाट सुरु गरिन् र १९९७ देखि २००१ सम्म यही बसिन् । त्यसपछिका १० वर्ष उनले व्यापक नाम कमाइन र कयौ विख्यात कानुनी फर्मसँग सम्बन्धित रहिन ।
२०१२ मा उनी लाहोर उच्च न्यायालयमा न्यायाधीको पदमा नियुक्त भइन् र कानुनको क्षेत्रमा एक ठूलो नाम बनिन् ।
आफ्नो निष्पक्ष पैmसलाका कारण उनी धेरै चर्चामा रहिन् । आयसाको हालैको नियुक्तिलाई केही न्यायाधीश र वकिलले विरोध पनि गरेका छन् । उनीहरुले आयशाको वरिष्ठता र यो पदका लागि उनको योग्यताको विषयलाई लिएर सवाल खडा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न