विवेकशील साझाको राष्ट्रिय एकता यात्रा स्थगित
आइतबार, २५ पुस २०७८, १५ : ५८
विवेकशील साझा पार्टीको राष्ट्रिय एकता यात्रा स्थगित गरिएको छ । कोरोनाभाइरस संक्रमण जोखिम बढेको भन्दै विवेकशीलले राष्ट्रिय एकता यात्रा स्थगित गरेको हो । विवेकशीलका प्रवक्ता शरदराज पाठकले आइतबार विज्ञप्ति जारी गरेर यही २७ पुसदेखि १६ माघसम्म गर्ने भनिएको ‘मेची–महाकाली राष्ट्रिय एकता यात्रा’ कोरोनाभाइरस संक्रमणको स्थितिलाई दृष्टिगत गरी पार्टीले स्थगन गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।
यात्रा स्थगित भएता पनि पुष २७ गते पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरसहित विभिन्न जिल्लामा स्वास्थ्य मापदण्ड पूर्ण पालना गर्दै औपचारिक कार्यक्रम आयोजना गरेर पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथमा मनाउने पार्टीले निर्णय गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि