काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु
![काठमाडौं उपत्यकामा बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन सुरु](https://rpcdn.ratopati.com/media/albums/vaccine_Gm614gYtBJ.jpg)
सरकारले काठमाडौं उपत्यकामा बालबालिकाका लागि कोरोनाविरुद्धको खोप अभियान सुरु गरेको छ । उपत्यकाको भक्तपुर जिल्लाबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई आइतबारबाट मोर्डना खोप दिन सुरु गरिएको हो । भक्तपुरमा मोर्डना र फाइजर खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाका जनस्वास्थ्य अधिकृत भरत भण्डारीले रातोपाटीलाई जानकारी दिए ।
यता, काठमाडौंमा भने २७ पुस (मंगलबार) देखि बालबालिकालाई खोप दिने तयारी गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख शम्भु काफ्लेले बताए । स्थानीय पालिकाहरुसँग समन्वय गरी काठमाडौं जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका २ लाख ७० हजार बालबालिकालाई खोप दिइने काफ्लेले जानकारी दिए ।
त्यस्तै, ललितपुरमा पनि मंगलबारबाट नै बालबालिका लागि फाइजर खोप दिइने भएको छ । उपत्यकाका तीनवटै जिल्लामा बालबालिकालाई विद्यालयमै पुगेर कोरोना विरुद्धको खोप दिइनेछ । खोप शाखाका जनस्वास्थ्य अधिकृत भण्डारीकाअनुसार एक साताभित्र उपत्यकाका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई खोप लगाइसक्ने योजना छ ।
सरकारले ५७ जिल्लामा बालबालिकालाई मोडर्ना र २० जिल्लाका बालबालिकाहरूलाई फाइजर खोप दिने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसके इनर्जीले सेयर निष्कासन गर्दै, निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त
-
आवश्यक कानुन बनाउन नसक्दा द्वन्द्वपीडितले न्याय पाउन सकेनन् : दुवाडे
-
एभरेस्ट बैंकद्वारा बझाङमा शाखा विस्तार
-
कागजात नभएका १६ वटा मोटरसाइकल भन्सारमा बुझाइयो
-
विधेयकप्रति आपत्ति जनाउँदै अनलाइन टिभी पत्रकार सङ्घद्वारा शिक्षा समितिको ध्यानाकर्षण
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड