मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले जिल्ला अधिवेशन : रसुवाको अध्यक्षमा तामाङ निर्वाचित

आइतबार, २५ पुस २०७८, १४ : ५५
आइतबार, २५ पुस २०७८

नेकपा (एमाले) रसुवाको अध्यक्षमा कर्णेल तामाङ निर्वाचित भएका छन् । नेकपा एमालेको सदरमुकाम धुन्चेमा सम्पन्न आठौं जिल्ला अधिवेशनबाट तामाङको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको हो । 

तामाङले दोस्रोपटक जिल्ला अध्यक्ष पदमा निरन्तरता पाएका छन् । यसैगरी उपाध्यक्षमा डिल्लीप्रसाद सुवेदी, सचिवमा जनार्दन ढकाल, उपसचिवमा कैसाङनुर्पु तामाङ र बेली बुलुन निर्वाचित भएका छन् ।

उनीहरु सबै निर्विरोध निर्वाचित भएको नेकपा एमाले जिल्ला कमिटी रसुवाले जनाएको छ । जिल्ला कार्यसमितिमा पदाधिकारी सहित ९० जना हुनुपर्नेमा अधिवेशनबाट ७५ जना निर्वाचित भइसकेको र बाँकी समितिको बैठकमार्फत मनोनित गरिने अध्यक्ष तामाङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप