बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

एक विकेटले हारबाट जोगियो इंग्ल्याण्ड

आइतबार, २५ पुस २०७८, १४ : २६
आइतबार, २५ पुस २०७८

एसेज टेस्ट शृङ्खलाको चौथो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियाविरुद्ध मात्र एक विकेटले हारबाट जोगिएको छ । अन्तिम दिन ९ विकेटको क्षतिमा २ सय ७० रन बनाउँदै इंग्ल्याण्ड शृङ्खलामा लगातार चौथो हारबाट जोगिएको हो । पाँच टेस्टको शृङ्खलामा अस्ट्रेलियाले पहिलो तीन टेस्टमा जीत हासिल गर्दै उपाधि जितिसकेको छ ।

जीतका लागि ३ सय ८८ रनको लक्ष्य पाएको इंग्ल्याण्डले जोगिएर खेल्दै टेस्टलाई बराबरीसम्म डोर्याउन सफल भयो । टोलीलाई हारबाट जोगाउन ओपनर ज्याक क्रलीले सर्वाधिक ७७ रन बनाए भने बेन स्टोक्सले ६० रनको योगदान दिए । त्यस्तै, जोनी ब्रेस्टोले ४१ रनको महत्त्वपूर्ण पारी खेले । खेलको अन्त्यतिर ज्याक लिचले २६ रन बनाए भने स्टुवर्ट बोर्ड र जेम्स एन्डरसनले अन्तिम समयसम्म विकेट जोगाएर अस्ट्रेलियालाई जीतबाट वञ्चित गरे ।

अस्ट्रेलियाका लागि स्कट बोल्याण्डले ३ तथा प्याट कमिन्स र नाथन लियोनले २–२ विकेट लिए पनि जीत दिलाउन भने सकेनन् । अस्ट्रेलियाले पहिलो इनिङमा ८ विकेटको क्षतिमा ४१६ रन बनाएको थियो भने दोस्रो इनिङमा ६ विकेटको २६५ रन बनाउँदै इनिङ समाप्तिको घोषणा गरेको थियो । इंग्ल्याण्डले पहिलो इनिङमा अलआउट हुँदै २९४ बनाएको थियो । दुवै इनिङमा शतक बनाएका अस्ट्रेलियाका उसमान ख्वाजा प्लेयर अफ द म्याच चुनिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप