बलात्कारको घटना ढाकछोप गरेको आरोपमा जनप्रतिनिधि र शिक्षकसहित ५ जना पक्राउ

बलात्कारजस्तो जघन्य अपराध ढाकछोप गर्न खोजेको आरोपमा कैलालीमा जनप्रतिनिधि, शिक्षकसहित ५ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाली घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने, सोही वडाका शिक्षक प्रकाश सुवेदी, शिक्षक होमप्रसाद सुवेदी, पूर्व वडासचिव यज्ञराज आचार्य र राजु भट्टराई छन् ।
१५ मंसिरमा स्थानीय ७७ बर्षीया महिलामाथि भएको बलात्कारको घटना ढाकछोप गर्न भूमिका खेलेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
‘घोडाघोडीकी ७७ बर्षीया वृद्धामाथि बलात्कार भएको थियो, प्रहरी प्रवक्ता जोशीले भने, ‘१५ मंसिरमा बलात्कार हुँदा १२ पुसमा मात्रै उजुरी आएपछि अनुशन्धान गर्दा वडा सदस्यसहित पाँच जनालाई पक्राउ गरेर छानबिन थालिएको छ ।’
उनका अनुसार पीडित महिलाका छोराले १२ पुसमा मात्रै इलाका प्रहरीका सुख्खडमा बलात्कार भएको भन्दै उजुरी दिएका थिए । १५ मंसिरमा भएको घटनामा उजुरी दिन किन ढिलाई भन्ने प्रश्नमा पीडित पक्षले जनप्रतिनिधि र शिक्षकको दबाबका कारण ढिलाई भएको जवाफ दिएको प्रहरी प्रवक्ता जोशीले बताए ।
प्रहरी प्रवक्ता जोशीले आर्थिक लेनदेनको विषयमा कुरा नमिलेका कारण घटना ढिला गरी मात्रै बाहिरिएको हुन सक्ने बताए । ‘सुरुमा तीन लाखमा कुरा भएको देखिन्छ,’ प्रवक्ता जोशीले भने, ‘तर पछि भने जनि पैसा नपाइएपछि आफन्त प्रहरी कहाँ पुगेका हुन सक्छन्, यस विषयमा थप अनुसनधान भइरहेको छ ।’
पीडित पक्षले भने जनप्रतिनिधिको दबाबका कारण उजुरी दिन ढिलाई भएको भन्ने जवाफ दिएका छन् । घटनामा संलग्न भएको आशका गरिएका ३–४ जना भने अझै पक्राउ परेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छोराको फिल्म नचलेपछि दुःखी छन् आमिर
-
अख्तियार वार्षिक प्रतिवेदन प्रतिवेदन संसद्मा पेस
-
सशस्त्रलाई तीन वटा कामको जिम्मा दिनुपर्छ : पन्त
-
नेपाल र चीनबिचको व्यापार र पारवहन क्षेत्रलाई थप सुदृढ बनाइने
-
६ करोड २७ लाख लागतमा कोहलपुरमा प्रहरीको पेट्रोल पम्प निर्माण
-
जर्मनीमा कन्जर्भेटिभ पार्टीको जितसँगै सुरु भयो नयाँ सरकारको होमवर्क