शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कागेश्वरी मनोहरामा मृत भेटिएकी महिलाको शव बुझ्न आफन्तद्वारा अस्वीकार

आफन्त भन्छन्–किटानी जाहेरी लिनुस्, प्रहरी भन्छ–अहिले पख्नुस्
आइतबार, २५ पुस २०७८, १३ : ५७
आइतबार, २५ पुस २०७८

राजधानीको कागेश्वरी मनोहरा नगरपालिका–१ स्थित गागलफेदीमा मृत अवस्थामा फेला परेकी धनमाया बम्जनको शव आफन्तले बुझ्न अस्वीकार गरेका छन् । पुस १२ मा गागलफेदी स्थित भिरालो बाटोमा ३३ वर्षीया धनमाया मृत भेटिएकी थिइन् ।

बम्जनको ‘हत्या’ भएको उनका माइती पक्षले आरोप लगाएका छन् । सासु र ससुरा समेतलाई विपक्षी बनाएर उनीहरुले महानगरीय प्रहरी वृत बौद्धमा बुझाएको किटानी जाहेरी प्रहरीले दर्ता गरेको छैन् । किटानी जाहेरी दर्ता नगरेसम्म आफन्तले शव बुझ्न अस्विकार गरेका छन् । शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।

धनमायालाई बलात्कार पछि हत्या गरेको आशंका गरिएपनि पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट अनुसार बलात्कार पुष्टि भएको छैन । बलात्कार यकिन गर्न त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरुले भेजाइनल स्वाव संकलन गरेका छन् । स्वाबको परिक्षण रिपोर्ट आएको छैन । मृत्युको कारणमा चिकित्सकले लेखेका छन्–‘ब्लन्ट फोर्स इन्जुरी ।’

धनमायाको छाती र कानमा चोट देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार हत्या पुष्टि हुने आधार भेटिएको छैन् । भिसेरा र भेजाइनल स्वाव परिक्षण रिपोर्ट आएपछि पिडितका आफन्तलाई जाहेरी ल्याउन भनिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) दिनेशराज मैनालीले रातोपाटीलाई बताए । उनले भने–‘सवै रिपोर्ट आएपछि जाहेरी लिउँला भनेका छौं, अनुसन्धान भइरहेको हुनाले किटानी जाहेरी लिएका छैनौं ।

 हत्या कि लडेर मृत्यु ?

एकातिर खुट्टामा सुरुवाल नभएको अवस्थामा शव भेटिएको खबर पाएपछि महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरी पनि घटनास्थलमा पुगेका थिए । तर, प्रारम्भिक स्वास्थ्य परिक्षण गर्दा बलात्कार भएको पुष्टि भैसकेको छैन।

छाती र कानको छेउमा चोट देखिएको छ । मुखमा पनि सामान्य चोट देखिएको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार कुटपिट गरेको पुष्टि भएको छैन ।

‘सामान्य चोट देखिएको छ’ अनुसन्धानमा संलग्न एकजना अधिकृतले रातोपाटीसँग भने–‘चोटको प्रकृति हेर्दा आफैं लडेर हुनसक्ने खालका छन्, भिसेरा र भेजाइनल स्वाव परिक्षणको रिपोर्ट आएपछि थप अनुसन्धान गर्छौं ।’
धनमायाको मदिरा सेवन गर्ने लत थियो । गागलफेदी स्थित निर्माणाधिन गुम्बामा पुस ११ को साँझ उनि आगो तापेर बसेको स्थानीयले देखेका थिए । त्यसदिन मदिरा पनि सेवन गरेको स्थानीयको भनाइ छ । मदिराले मातेपछि लडेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । तर, उनका आफन्तले हत्या नै भएको जिकिर गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप