एमाले जिल्ला अधिवेशन : डडेल्धुरामा साउद र ओझा भिड्दै

नेकपा एमाले डडेल्धुराको नयाँ नेतृत्व चयनका लागि भएको मनोनयन दर्ताको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको नामावलीमा अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी परेको छ।
वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका मेयर विश्वेश्वरप्रसाद ओझा (विपिन) ले अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, एक उपाध्यक्ष पदका लागि चार जनाको उम्मेदवारी परेको छ। उपाध्यक्षमा केशव बोहरा, खड्कबहादुर बोहरा, धनबहादुर धामी (विवेक) र रूपसिंह ठकुराठीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
यस्तै, एक सचिव पदका लागि दुई जनाको उम्मेदवारी परेको छ। सचिव पदमा करन ताम्राकार र गजेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी, दुई उपसचिव पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । उप–सचिवमा अन्जु गैरी, मीन बोगटी र शान्ति भट्ट जोशीको उम्मेदवारी परेको छ।
यस्तै, खुला सदस्य १९ र महिला १० गरी २९ पदका लागि ५८ जनाको उम्मेदवारी परेको छ । भौगोलिक क्षेत्रबाट नगरपालिका क्षेत्रमा दुई नगरपलिकामा १० जना खुला र ६ जना महिला गरी १६ पदका लागि १५ जनाको उम्मेदवारी परेको छ । गाउँपालिका क्षेत्रमा १५ जना खुला र १० जना महिला गरी २५ पदका लागि २४ जनाको उम्मेदवारी परेको निर्वाचन अधिकृत नरेन्द्र रोकायाले जानकारी दिए ।
दलित सदस्य (८ खुला र ४ महिला गरी) १२ पदका लागि १३ जनाको उम्मेदवारी परेको छ। आदिवासी जनजातितर्फ एक खुला र एक महिला गरी दुई पदका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, घाइते अपाङ्गतर्फ एक पदका लागि एक जना (बमबहादुर थापा मगर) को मात्रै उम्मेदवारी दर्ता भएको छ।
११ पदमा उम्मेदवार भएनन्
सार्वजनिक नामावली अनुसार एमाले डडेलधुराले ११ पदमा उम्मेदवार नै पाएको छैन । खुला सदस्यतर्फ महिला १० जना हुनु पर्नेमा पाँच जनाको मात्र उम्मेदवारी परेको छ । भौगोलिक क्षेत्रअन्तर्गत प्रत्येक नगरपालिकाबाट पाँच खुला र तीन महिला हुनुपर्नेमा अमरगढी नगरपालिकाबाट एक जना मात्र महिलाको उम्मेदवारी परेको छ। दुई जनाको उम्मेदवारी परेको छैन।
यसैगरी, अजयमेरु गाउँपालिकामा तीन जना खुला र दुई जना महिला हुनुपर्नेमा खुलातर्फ दुई जनाको मात्रै उम्मेदवारी परेको र एक जनाको उम्मेदवारी नै नपरेको निर्वाचन समितिले जनाएको छ। भागेश्वर गाउँपालिकामा दुई महिला सदस्य पदका लागि एक जनाको मात्र उम्मेदवारी परेको छ। दलित महिला सदस्य चार पदका लागि दुई जनाको उम्मेदवारी परेको र दुई जनाको उम्मेदवारी नै नपरेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलामुखिको बार आज कुन राशिलाई कति लाभदायी ?
-
मुक्तिनाथ गुठीको १७ हजार रोपनी जग्गा भोगचलन गर्नेको पोल्टामा
-
चारदेशीय टी-२० आई सिरिजः नेपाल कुवेतसँग खेल्दै
-
यस्तो छ आज विदेशी मुद्राको दरभाउ
-
च्याम्पियन्स लिगमा पीएसजीको महत्वपूर्ण जित, अर्को भिडन्त भिल्ला पार्कमा
-
च्याम्पियन्स लिगमा बार्सिलोनाको शानदार जित, राफिन्हाले मेस्सीको रेकर्ड तोडे