कलङ्कीमा टिपरको ठक्करबाट मोटरसाइकलमा सवार युवकको मृत्यु

काठमाडौँ महानगरपालिका–१४ कलङ्कीस्थित सडकमा टिपरको ठक्करबाट एक व्यक्तिको मृत्यु भएको छ । गएराति बा४ख ६८४३ ले नम्बरको टिपरले बा २ ब ५४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार हाल ललितपुर बस्दै आएका बझाङ फलराका २४ वर्षीय वसन्त विष्टको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनी मोटरसाइकलको पछाडि सवार रहेका थिए ।
ठक्करबाट सख्त घाइते उनको कलङ्कीस्थित शहीद मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा सख्त घाइते मोटरसाइकल चालक ललितपुर धोबीघाट बस्ने बझाङ चैनपुरका २६ वर्षीय निखिल बमको सोही अस्पतालमा उपचार पछि थप उपचारका लागि सुन्धारास्थित भ्याली अस्पताल ल्याइएको छ । टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता ललितपुर महानगरपालिका–४ जावलाखेलस्थित सडक पेटीमा एक पुरुष आज मृत फेला परेका छन् । अन्दाजी ४०÷४५ वर्षको देखिने मृतकको पहिचान खुलेको छैन । उक्त घटनामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा रहेका नेपालीहरूलाई सुरक्षा सम्बन्धी निर्देशन पालना गर्न दूतावासको आग्रह
-
अखिल (क्रान्तिकारी) आरआर क्याम्पस इकाइका पदाधिकारीद्वारा केन्द्रीय सचिव र इकाइ अध्यक्षलाई कारबाहीको माग
-
मकवानपुरमा शैक्षिक सम्मेलन हुँदै
-
पौडी पोखरीमा पानीको गुणस्तर सुनिश्चित गरेर खुला गर्न कामपाको निर्देशन
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय