कर छली गर्ने एक परिवारमा छापा : ८ करोड बरामद, पानी ट्यांकीमा भेटियो ३ करोड

मध्यप्रदेशको दमोहका एक होटल व्यवसायी, मदिरा र यातायात व्यवसायी रहेका एक राय परिवारमाथि भएको आम्दानी करमाथि छानबिन गरिएको छ । उक्त परिवारको आम्दानी करमाथि भएको कारबाही बिहीबार बिहान ५ बजे सुरु भएर शुक्रबार रातको ११ बजे सकिएको भारतीय सञ्चार माध्यमले प्रहरीलाई उद्धृत गर्दै बताएका छन् । करिब ४५ घण्टा चलेको कारबाहीमा ८ करोड (भारतीय रुपियाँ) नगद बरामद भएको छ । आयकर टिमले रकम गन्नका लागि छ वटा मेशिनको प्रयोग गरेको थियो । साथै, उक्त टिमले ३ किलो गरगहना पनि बरामद गरेको छ । साथै, हिरा, हतियार र करौडौँको कारोबार रहेको पनि पत्ता लगाएको छ ।
छानबिन हुँदैछ भन्ने थाहा पाएका राय परिवारले झोलामा नोट हालेर पानी ट्यांकीमा फालेको पनि भेटिएको छ । आयकर टिमले पानीले भिजेको नोट ट्यांकीबाट निकालेर हेयर ड्रायर र प्रेसको मद्दतले घण्टौँ लगाएर नोट सुकाएका थिए । नोट भिजेकोले बैंकका कर्मचारी पनि नोट सुकाउन लागि रहेका छन् । टिमका प्रमुख मुनमुन शर्माले शुक्रबार राति खानतलासीको काम सकिएको आधिकारीक घोषणा गरे ।
बिहीबार बिहान ५ बजे ४० गाडीमा एक सयभन्दा धेरै आयकरका कर्मचारी दमोह पुगेका थिए । उनीहरुले राय परिवारका सबै अड्डाहरुमा खानतलासी गरेका थिए ।
बिहीबार दिउँसो २ः३० मा टिमले नगद फेला पारेको थियो । रेडमा भेटिएका धेरै रकम २ हजार नोटका थिए । नोट गन्नका लागि मेशिनहरुको प्रयोग भए । एकैपटक रेड परेपछि राय परिवारकी एक महिलाको स्वास्थ्यमा गडबडी आएको र उनलाई मिशन अस्पतालमा भर्ना गरिएको बताइएको छ । छानबिनका क्रममा बस कन्डक्टरको नामबाट पनि मदिराको कारोबार भइरहेको पत्ता लागेको छ ।
बिहीबार बिहान कारबाही सुरु हुनुभन्दा अगाडि कमल रायको घरमा नोट जलाइएको आशंका गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत् केन्द्रबाट ३० मेगावाट मात्रै उत्पादन
-
इटालियन सिरी’एमा एसी मिलानको शानदार जित
-
वैशाख पहिलो साता कर्णाली एजुकेशन एक्स्पो हुने
-
यसरी बन्दैछ त्रिवि मैदानमा प्यारापिट, तस्बिरहरू
-
ला लिगामा ३१ औं चरणका खेल सुरु, भ्यालेन्सियाले सेभियालाई हरायो
-
फाइनलमा स्थान पक्का गर्ने लक्ष्यसहित मैदानमा उत्रँदै अपराजित नेपाल