सुदूरपश्चिमका जिल्लामा एमालेलाई नेतृत्व छान्न सकस
सुदूरपश्चिम प्रदेशका ८ जिल्लामा नेकपा एमालेको जिल्ला अधिवेशन भइरहे पनि नेतृत्व छनोटका लागि सकस परिरहेको छ । सकेसम्म सर्वसम्मत् रुपमा नेतृत्व छनोट गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै निर्देशन दिएका कारण नेतृत्वका लागि सहमति जुटाउन खोज्दा अधिवेशन लम्बिएको हो ।
केही जिल्लामा नेतृत्वका विषयमा सहमतिको प्रयास जारी छ भने केहीमा चुनावी प्रकृया अघि बढेको छ । कैलाली जिल्लामा नेतृत्व छनोटका लागि सहमतिको प्रयास जारी छ । नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार सहमति जुट्न नसकेको अवस्थामा चुनावी प्रक्रियाबाट नेतृत्व चयन गरिनेछ ।
कैलालीमा चुनावी प्रक्रियाबाट नेतृत्व छनोट हुनुपर्छ भन्दै निवर्तमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसमेत घोषणा गरिसकेका छन् । अध्यक्ष पदका अर्का आकांक्षी डेजी पाण्डेयले चन्दलाई साथ दिएका छन् ।
त्यस्तै बैतडी जिल्लामा वर्तमान अध्यक्ष सुरेन्द्र पाल र पञ्चेश्वर गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले उम्मेदवारी घोषणा गरेका छन् । डडेल्धुरामा वर्तमान अध्यक्ष प्रकाश साउद र अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रसाद ओझाले उम्मेदवारी दर्ता गराएका छन् ।
दार्चुलामा उम्मेदवारको मनोनयन दर्ता भए पनि सहमतिको प्रयास जारी रहेको प्रदेश सचिव पाठकले रातोपाटीलाई जानकारी दिए । उनले बैतडीमा ४ जनाले अध्यक्ष पदका लागि दाबी गरेको जनाए ।
डोटी, बाजुरामा पनि सहमतिको प्रयास जारी छ भने कञ्चनपुरमा बन्दसत्र सुरु भएको छ । अछाममा पनि मनोनयन दर्ता प्रक्रिया सुरु भएको तर नेतृत्वका लागि सहमतिको प्रयास जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन