शुक्रबार, १४ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेपाल लाइफको सिनियर डिसिओमा प्रवीण रमण पराजुली नियुक्त

आइतबार, २५ पुस २०७८, १२ : ४२
आइतबार, २५ पुस २०७८

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् । पुस २५ गतेबाट कार्यभार सम्हाल्दै संस्थागत सुशासनलाई प्राथमिकतामा राखि कम्पनीलाई अब्बल सावित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
पराजुलीले आफ्नो अनुभवहरुलाई आधारमानी थप कार्यक्षमता प्रस्तुत गर्ने प्लाटफर्मको रुपमा नेपाल लाइफलाई लिएको बताए । नम्बर १ कम्पनीको यात्रामा मुख्य हिस्सेदार हुनु गर्वको विषय भन्दै कम्पनीको छवीलाई हरेक सुचकांकमा अझ बलियो सावित गर्नुपर्ने चुनौती रहेको बताए । पराजुली यसअघि रिलायन्स लाइफ इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृत (सिइओ) थिए  ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप