पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए
आइतबार, २५ पुस २०७८, १२ : १६

पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर(टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ। आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
कथित आतङ्कवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो । यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूएसएआईडीका कर्मचारीलाई कसले दियो दस्ताबेज नष्ट गर्न आदेश ?
-
नसर्ने रोगका बिरामीको पहिचान गर्दै ‘पौवादुङमा’
-
शान्तिपूर्ण आन्दोलनलाई सरकारले बेवास्ता गर्यो, अब कडा आन्दोलन गर्छौँ : ओबीसी महासंघ
-
टिकट सकिएपछि सिड्नीमा नेपथ्यको थप शो
-
एमाले केन्द्रीय कार्यालयमा शिक्षकहरूको धर्ना, तस्बिरमा हेर्नुहोस्
-
अदालतले दियो हसिनाको घरसमेत १२४ बैंक खाता रोक्का गर्ने आदेश