पाकिस्तानको बलुचिस्तान प्रान्तमा ६ आतंककारी मारिए
आइतबार, २५ पुस २०७८, १२ : १६

पाकिस्तानको बलुचिस्तान प्रान्तमा प्रान्तीय राजधानी क्वेटाको पूर्वी बाइपास क्षेत्रमा सञ्चालन गरिएको काउन्टर(टेररिज्म डिपार्टमेन्टको कारबाहीमा कम्तिमा छ जना कथित आतङ्कवादी मारिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन्।
प्रतिबन्धित संगठनका छ जना कथित आतङ्ककारीहरू छापा मार्ने क्रममा सुरक्षा टोलीसँगको गोली हानाहानमा मारिएको एआरवाई न्यूजले सीटीडीलाई आइतबार एक विज्ञप्तिमा उद्धृत गर्दै जनाएको छ। आतङ्ककारी लुकेको ठाउँबाट हतियार र विष्फोटक पदार्थ पनि बरामद गरिएको छ ।
कथित आतङ्कवादी पक्राउ गर्नेलाई पाकिस्तानी रुपैयाँ २० लाख इनाम रकम थियो । यसअघि शनिबार पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रहरीसँगको गोली हानाहानमा दुई आतङ्कवादी मारिएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि हिरासतमा सुतिरहेको भाइरल तस्बिर रास्वपा समर्थकले नै खिचेको खुलासा
-
चार बजे मन्त्रिपरिषद् बैठक
-
‘घुम्न जाऊँ बर्दिया’अभियान उद्घाटन
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार