आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गुल्मी उद्योग बाणिज्य संघको अध्यक्षमा पौड्याल निर्वाचित

आइतबार, २५ पुस २०७८, १२ : ०९
आइतबार, २५ पुस २०७८

गुल्मी उद्योग बाणिज्य संघको अधिवेशनबाट निवर्तमान  उपाध्यक्ष ईश्वरी पौड्याल अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । संघको ३० औं साधारण सभा तथा ११ औं अधिवेशनबाट पौड्याल सर्वसम्मत निर्वाचत भएको निर्वाचन मण्डलका संयोजक अधिवक्ता बिष्णु प्रसाद वलालले जानकारी दिए ।

उनका अनुसार उपाध्यक्षत्रयः क्रमशः रामप्रसाद पन्थी, मृगेन्द्र श्रेष्ठ, तारा भुसाल निर्वाचित भएका छन् । त्यस्तै महासचिव ईश्वरीप्रसाद बेलवासे, सचिव चेतनारायण पाण्डे , कोषाध्यक्ष बिष्णु अधिकारी र सह–कोषाध्यक्ष ईश्वरी कँडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

  पदाधिकारी सहित १८ सदस्यीय कार्य समिति निर्वाचित भएको नवनिर्वाचित अध्यक्ष पौड्यालले बताए । त्यस्तै सदस्यहरुमा गणेश पाण्डे, कृष्ण खनाल , चन्द्रमणि पाण्डे, ईश्वरी मरासिनी , महेशराज भण्डारी, निषेस श्रेष्ठ, ज्ञानबहादुर भलामी , कमला श्रेष्ठ, तेजेन्द्र श्रेष्ठ, शशी केसी ,  पार्वती पाण्डे, राधा पोखरेल, सुधन अर्याल , चन्द्रमणि भण्डारी , लतिप मिया र शेरबहादुर चुँदरा चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप