भारी वर्षापछि ढुङ्गा खस्दा ६ जनाको मृत्यु
आइतबार, २५ पुस २०७८, १२ : ०३
![भारी वर्षापछि ढुङ्गा खस्दा ६ जनाको मृत्यु](https://rpcdn.ratopati.com/media/albums/thumbs_b_c_fe55ab98da43f8065b21b5b463e49493_iJscUL5MBz.jpg)
ब्राजिलको दक्षिणपूर्वी मिनास गेराइस राज्यको फर्नास तालमा रहेको भूगर्भीय घाटीबाट भत्किँएका चट्टानहरू चारवटा डुङ्गामा लाग्दा कम्तिमा छ जनाको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् भने २० जना बेपत्ता भएका छन् । पर्यटकहरू ढुङ्गाहरूमा उक्त क्षेत्र घुम्दै थिए ।
उक्त घटना शनिबार दिउँसो भएको थियो । मिनास गेराइस राज्यको राजधानी बेलो होरिजोन्टेबाट करिब ३०० किलोमिटर टाढा क्यापिटोलियो शहर नजिकै फर्नास ताल वरपरको घाटीबाट ठूला चट्टानहरू खसेका थिए।
शनिबार बिहान यस क्षेत्रमा भारी वर्षा भएको थियो जसले केही भूगर्भशास्त्रीहरूले पानीको बहावले चट्टानहरू खसेको हुनसक्ने विश्वास गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जनमुक्ति सेना नेपालका तत्कालीन कमान्डर थापाको निधन
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)