गुराँस लाइफद्वारा अनाथ बालबालिकालाई सहयोग
आइतबार, २५ पुस २०७८, ११ : ४०
गुराँस लाइफ इन्स्योरेन्सले बुढानिलकण्ठस्थित नवयुवा बाल सुधार समाजका अनाथ बालबालिकाहरूलाई न्यानो कपडा, झोला र स्टेशनरी वितरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले सुधार समाजका अध्यक्ष शिवशंकर नेपालीमार्फत बालबालिकालाई सहयोग हस्तान्तरण गरेका थिए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष बालकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा सञ्चालित कार्यक्रममा कम्पनी कर्मचारी संघका अध्यक्ष सुसन नेपाल तथा कम्पनीका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो ।
१९ वर्षदेखि सञ्चालनमा रहेको नव युवा बालसुधार समाजलाई सीएसआरको तर्फबाट सहयोग गर्न पाउँदा खुशी लागेको इन्स्योरेन्सका प्रमुखले बताए । समाजका अध्यक्षले समाज र राष्ट्रका कर्णधार बालबालिकालाई गरेको यो सहयोग सधैँ सम्झिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री ओली र चीनका राष्ट्रपतिबिच भेट तयदेखि सर्वोच्च र उच्च अदालतमा न्यायाधीश नियुक्तिमा अलमलसम्म
-
पशुपति क्षेत्रमा माछामासु, मदिरा र नशालु पदार्थ प्रतिबन्ध
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
पूर्वी युगान्डामा भूस्खलन, १३ जनाको मृत्यु, ४० घर पुरियो
-
पशुपतिमा बत्ती बाल्न र सद्बिज छर्न कुनै शुल्क नलाग्ने