लिपुलेक क्षेत्रमा सडक विस्तारको काम रोक्न जनमोर्चाको माग
आइतबार, २५ पुस २०७८, ११ : ३७
राष्ट्रिय जनमोर्चाले लिपुलेक क्षेत्रमा भारतीय पक्षबाट भएको सडक विस्तारको काम राख्न माग गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गर्दै भारतले सडक विस्तारको कार्य अहिले पनि जारी राखेकोमा घोर विरोध गर्दै नेपाल सरकारलाई तुरुन्तै भारतसँग यो विषयमा कुराकानी गर्न तथा निर्माण कार्य रोक्न माग गरेका हुन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उत्तराखण्ड राज्यमा अवस्थित हलद्वानीको एउटा सार्वजनिक कार्यक्रममा ,“मानसरोवरसम्म जाने सडक पुर्याउनका लागि लिपुलेक क्षेत्रमा सडक विस्तारको काम भई रहेको” भनेर दिएको सार्वजनीक अभिव्यक्तिप्रति सो पार्टीले गम्भीर ध्यानाकर्षण भएको पनि विज्ञप्तिमार्फत जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण