माओवादी केन्द्रको आठौं महाधिवेशनस्थल कोरोनाको ‘हटस्पट’
नेकपा माओवादी केन्द्रको ११ पुसमा सुरु भएको आठौं महाधिवेशन एक साता चलेर समापन भयो । समापन भएको केही दिनमै माओवादी केन्द्रीय कार्यालयका पदाधिकारीलाई कोरोनाभाइरस संक्रमण पुष्टि भयो । गत बिहीबार माओवादी केन्द्रीय कार्यालयका २२ जनामध्ये २० जनालाई कोरोना संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आइसोलेसनमा बसे ।
कार्यालयका मुख्यसचिव श्रीराम ढकाल र शिव खकुरेलबाहेक सचिव डोरप्रसाद उपाध्याय, एविन्द्र पराजुलीसहितलाई कोरोना भाइरस संक्रमण भएपछि प्रचण्डले बिहीबारबाट भेटघाट बन्द गरेका हुन् ।
तर, शनिबारसम्म आइपुग्दा प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, मातृका यादव, हरिबोल गजुरेल, रामप्रसाद सापकोटा, सुवोध शेर्पाली, अनेरास्ववियु (क्रान्तिकारी) अध्यक्ष पञ्चा सिंह, वाईसीएल अध्यक्ष सुमन देवकोटा लगायतलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
अध्यक्ष प्रचण्डसहितका संक्रमित नेताहरुको सम्पर्कमा आएकाहरु जोखिममा परेका छन् । देशभरबाट आएका नेता कार्यकर्ताहरू एक साताभन्दा लामो समय चलेको महाधिवेशनमा सहभागी भए । उनीहरू अहिले जिल्ला जिल्ला र गाउँगाउँमा पुगिसकेका छन् ।
महाधिवेशन समाप्त भएलगत्तै नेताहरूमा कोरोना संक्रमण पुष्टि हुनु र सोही महाधिवेशन र केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी भएका नेताहरू जिल्ला फर्किसक्नुले कोरोना संक्रमणको जोखिम बढाएको छ ।
महाधिवेशनबाट फर्किएका माओवादी नेता तथा कर्णालीका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पनि कोरोना संक्रमण भएको छ ।
माओवादीसहित एमाले, कांग्रेस, राप्रपाका पनि राजनीतिक गतिविधि भइरहेका छन् । जनस्वास्थ्यका मापदण्ड नपनाइने भइरहेका राजनीतिक गतिविधिले कोरोना संक्रमण बढाउने सक्ने देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकका लागि १३ उम्मेदवारको दरखास्त स्वीकृत
-
१० बजे १० समाचार : बालेन सरकारविरूद्ध प्रचण्डकाे ‘घेराबन्दी सूत्र’, ‘एक्सप्रेस–वे’को गाडीमा बालेनको ब्रेक
-
पशु चिकित्सकलाई औषधि सिफारिस गर्ने कानुनी अधिकार सुनिश्चित गर्न सर्वोच्चको आदेश
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण