बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

भारतमा हिन्दुको भेषमा सजिएका बेहुलाविरुद्ध मुद्दा

आइतबार, २५ पुस २०७८, १० : ४३
आइतबार, २५ पुस २०७८

भारतमा विवाह समारोहमा हिन्दुहरुको धार्मिक भावनामा चोट पुर्‍याएको भन्दै एक मुस्लिम बेहुला र उनको परिवारका सदस्यहरुविरुद्ध मुद्दा दायर गरिएको छ । कर्नाटकको बान्तवाल तालुक गाउँका मुसलमान बेहुलाले हिन्दुका देवताको भेषमा विवाह गरेपछि उनी र उनको परिवारविरुद्ध उजुरी परेको हो । 

बासित नाम गरेका बेहुलाले हिन्दु भेषमा सजिएर हिन्दु झैं नाचेका थिए । उनी नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि हिन्दुहरुले उनको आलोचना गरेका थिए । 

जातीय अपमान गरेको आरोपमा उनीविरुद्ध मुद्दा दायर गरिएको प्रहरीले जनाएको छ । भारतमा जातीय अपमानका कारण विभन्न स्थानमा हिंसा हुने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप