शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले मकवानपुरमा नेतृत्व छान्न सकस, निर्वाचन प्रक्रिया लम्बिँदै

आइतबार, २५ पुस २०७८, १० : १६
आइतबार, २५ पुस २०७८

नेकपा एमाले मकवानपुरमा आगामी नेतृत्व चयनमा सकस परेको छ । नेतृत्वका लागि आकाङ्क्षीहरू बीच सहमति हुन नसकेपछि गत पुस २३ गतेदेखि हेटौँडामा सुरु एमाले मकवानपुरको अधिवेशनले हालसम्म पनि नेतृत्व छान्न सकेको छैन ।

सहमतिबाट एमाले मकवानपुरको नेतृत्वको चयन गर्नका लागि पटक/पटक भएको छलफलबाट निष्कर्षमा पुग्न नसकेपछि हिजो शनिवारबाट निर्वाचनको कार्यक्रम तय भएको थियो । तर, आवश्यक तयारीहरू नपुगेको भन्दै निर्वाचनको कार्यक्रम आज आइतबार बिहानसम्मका लागि स्थगित गरियो ।

अधिवेशनको उद्घाटनको कार्यक्रम सुरु भए लगत्तै निर्वाचन प्रक्रियाका लागि शुक्रबार नै निर्वाचन समितिलाई जिम्मा दिइएको थियो । निर्वाचन समितिले शुक्रबार राति अबेरसम्म मनोनयन दर्ता, उम्मेदवारी विरुद्ध दाबी विरोध, निर्णय र उम्मेदवारी फिर्ताको कार्यतालिका तय गरेको थियो भने शनिबार बिहान ८ बजेबाट मतदानको कार्यक्रम सञ्चालन गर्ने निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो ।

त्यसो त निर्वाचन समितिले प्रक्रिया सुरु गरेपछि पनि सहमतिबाट नेतृत्व चयनका लागि प्रयास जारी रह्यो । सहमतिको प्रयास चलिरहेका भन्दै निर्वाचन समितिले पटक/पटक उम्मेदवारी फिर्ताको समय लम्ब्याउने निर्णय गर्‍यो ।

सर्वसम्मत रूपमा नेतृत्व चयनका लागि उम्मेदवारहरू बीच सहमति हुन नसकेपछि निर्वाचनको कार्यक्रम आजसम्मको लागि स्थगित गरिएको थियो । आइतबारबाट निर्वाचनका कार्यक्रम एमाले मकवानपुर पार्टी कार्यालयमा हुनेछ ।

अझै सुरु भएन मतदान

एमाले मकवानपुरको आगामी नेतृत्वको लागि निर्वाचन प्रक्रिया अन्तिम अवस्थामा पुगेर स्थगित भएको भए पनि अझैसम्म मतदानको कार्यक्रम सुरु हुन सकेको छैन । सहमति कै आधारमा नेतृत्व चयन हुनुपर्छ भन्ने केन्द्रीय निर्देशनका कारण मतदान प्रक्रिया अन्योल बनेको हो । एमाले मकवानपुरको नेतृत्वमा कुनै एक व्यक्तिको नाममा सहमति गर्न दबाब दिएका कारण निर्वाचन प्रक्रिया नै अन्योल बनेको नेकपा एमालेका एक नेताले रातोपाटीसँग बताए ।

अधिवेशन सुरु हुँदासम्म सहमतिको प्रयास जायज भए पनि सहमति हुन सकेका र नेतृत्व चयनको प्रक्रिया निर्वाचन समितिलाई दिएपछि पनि केन्द्रीय निर्देशन भन्दै सर्वसम्मतको प्रयास भन्दै दबाब सृजना गरेर निर्वाचन प्रक्रियालाई नै प्रभावित पार्नु गलत भएको उनको भनाई छ । ‘निर्वाचनको सबै प्रक्रिया सम्पन्न भइसकेको छ । उम्मेदवारको अन्तिम नामावली पनि प्रकाशन पनि भइसकेको छ । मतपत्र छपाइको काम पनि सकिएको अवस्थामा माथिको निर्देशन भन्दै निर्वाचन प्रक्रिया नै अन्योल बनाएर कुनै एक व्यक्तिको नाममा सहमति हुनुपर्छ भन्नु लोकतान्त्रिक विधि विपरीतको कार्य हो । सहमति नै गर्नु थियो भने निर्वाचन समितिलाई किन प्रक्रिया अघि बढाउन दिइयो ।’ उनले भने । लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्न अधिवेशन प्रतिनिधिहरू पनि उत्साहित अवस्थामा रहेको उनले बताए ।

नेतृत्वका लागि यी हुन् उम्मेदवार

नेकपा एमाले मकवानपुरको नेतृत्वको लागि अध्यक्ष पदमा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । एमाले मकवानपुरको नेतृत्वको लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठले उम्मेदवारी दिएका हुन् । लम्साल एमालेका तत्कालीन वरिष्ठ नेता माधव नेपालको पक्षधर थिए भने श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओलीको पक्षधर हुन् ।

एमाले मकवानपुरको एक उपाध्यक्ष पदमा लालबहादुर थापा र गोपाल श्रेष्ठ उम्मेदवार रहेका छन् । लम्साल प्यानलबाट थापाले उम्मेदवारी दिएका हुन् भने श्रेष्ठ प्यानलमा गोपाल श्रेष्ठ रहेका छन् । त्यस्तै सचिव पदमा हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देल र सुनिल लामा उम्मेदवारी दिएका छन् । लम्साल प्यानलबाट सिग्देल उम्मेदवार हुन् भने श्रेष्ठ प्यानलबाट लामाले उम्मेदवारी दिएका छन् । २ उप–सचिव पदमा लम्साल प्यानलबाट भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा र सीता विष्ट उम्मेदवार रहेका छन् भने श्रेष्ठ प्यानलबाट मदन दाहाल र भीमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना उम्मेदवार छिन् ।

४७ जना सदस्य निर्विरोध

एमाले मकवानपुरको जिल्ला अधिवेशनमा जिल्ला कमिटी सदस्यका लागि ४७ जना सर्वसम्मत निर्विरोध चयन भएका छन् ।

जिल्लाको थाहा नगरपालिका, बागमती गाउँपालिका, बकैया गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, भीमफेदी गाउँपालिका, राक्सिराङ गाउँपालिका र इन्द्रसरोवर गाउँपालिकामा खुल्ला तथा महिला गरी तोकिएका सदस्यहरूले मात्र उम्मेदवारी दर्ता गराएपछि भौगोलिक क्षेत्र अन्तर्गत ६ स्थानीय तह र हेटौँडा उपमहानगरपालिका, जनजाति, मुस्लिम र अल्पसङ्ख्यक महिला, मजदुर कोटातर्फका ४७ जना जिल्ला सदस्यका लागि निर्विरोध चयन भएका हुन् ।

यी हुन् निर्विरोध भएका सदस्यहरू

थाहा नगरपालिका (भौगोलिक क्षेत्र खुल्ला)

युवराज गोले, सुरेन्द्रमान प्रधान, शिवराम थापा र हरि गोपाली,

थाहा नगरपालिका (भौगोलिक क्षेत्र महिला)

कल्पना बलामी र सुनिता दोङ

बागमती गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

कमल राई, जय बहादुर वाईवा, मंगल रखाल र मदन कुमार दुरुङच्याङ

बागमती गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

धनमाया स्याङतान

बकैया गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

कृष्ण प्रसाद चौलागाई, बेल प्रसाद दाहाल, राम बहादुर गोले र राम बहादुर मोक्तान

बकैया गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

निरमाया भोम्जन र सरला बोलखे

मकवानपुरगढी गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

मेम्मबर लो, बिदुर हुमागाई र हरि प्रसाद कडेल

मकवानपुरगढी गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

रमिला तामाङ

भीमफेदी गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

जहार सिंह लामा, द्रोणभ्रद पुडासैनी, प्रकाश पुडासैनी र सुरेन्द्र बहादुर थिके

भीमफेदी गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

पञ्चमाया स्याङतान

राक्सिराङ गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

बाबुराम स्याङतान, मान बहादुर वाईवा, संञ्चय कोईराला र सिंहलाल चेपाङ

राक्सिराङ गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

सुन्तली माया प्रजा

इन्द्रसरोबर गाउँपालिका (भौगोलिक क्षेत्र खुल्ला)

ऋषि पुडासैनी र बुद्धिराम डिम्डुङ

इन्द्रसरोबर गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

रेशम कुमारी घिसिङ

हेटौँडा उपमहानगरपालिका (भौगोलिक क्षेत्र महिला)

दुर्गा नेपाल, बिना वाईवा थिङ, रेखा खतिवडा र सरस्वती दाहाल

मनहरी गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

बिमला कार्की

कैलाश गाउँपालिका (भौगोलिक क्षेत्र महिला)

सुकुमाया थिङ

जनजाति, मुस्लिम र अल्पसङ्ख्यक (महिला)

जानकी चौधरी र प्रतिमा श्रेष्ठ

मजदुरतर्फ सदस्य

अर्जुन ढुङ्गेल, धर्म बस्नेत, विक्रम लामा र लालकृष्ण प्याकुरेल

महिलातर्फ सदस्य

गीता कार्की

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप