शनिबार, २९ वैशाख २०८१
ताजा लोकप्रिय

दुर्घटनामा जीप चालकको मृत्यु

आइतबार, २५ पुस २०७८, १० : ०४
आइतबार, २५ पुस २०७८

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ तालघरेमा आज बिहान जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग३च ३७७८ नंको जीप अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृत्यु हुने चालकको नाम, थर वतन नखुलेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । सडकमा पल्टिँदा घाइते भएका चालकलाई दमौली अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप