सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

डोल्पामा बुढा र सल्यानमा पुन एमाले जिल्ला अध्यक्ष चयन

आइतबार, २५ पुस २०७८, ०९ : १७
आइतबार, २५ पुस २०७८

शुक्रबारदेखि जारी नेकपा एमालेको जिल्ला अधिवेशन अन्तर्गत कर्णालीमा दुई जिल्लामा नेतृत्वको टुङ्गो लागेको छ । सल्यान र हिमाली जिल्ला डोल्पामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गरिएको हो । 

एमाले कर्णाली प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सल्यान जिल्लाको अध्यक्षमा गोविन्द कुमार पुन र डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा चयन भएका छन् । बुढा यसअघि नेकपा एमाले प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सचिवालय सदस्य थिए ।

गोविन्द कुमार पुन

साथै उनी एमालेको तर्फबाट जिल्ला समन्वय समिति डोल्पाको प्रमुख समेत छन् । यस्तै उपाध्यक्षमा विश्वचन्द्र डसाल,सचिवमा लंक बहादुर रोकाया,उपसचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा(सुमन) निर्विरोध निर्वाचित भएका छन् । 

प्रदेश कमिटीका अध्यक्ष शाहका अनुसार अन्य जिल्लामा आइतबार आजसम्म नेतृत्व चयन भइसक्ने छ । त्यसका लागि अन्य ६ जिल्लाहरूमा नेताहरू छलफलमा जुटिरहेका छन् । कालिकोटमा शनिबारदेखि अधिवेशन सुरु भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप