साउदी राजकुमारी तीन वर्षपछि रिहा
साउदी राजकुमारी र उनकी छोरी तीन वर्षपछि रिहा भएका छन् । राजकुमारी बासमा बिन्ट साउद र उनकी छोरीलाई सन् २०१९ को मार्चमा पक्राउ गरेर थुनामा राखेको थियो ।
उपचारका लागि स्वीट्जरल्यान्ड जाने क्रममा साउद पक्राउ परेकी थिइन् । उनलाई पक्राउ गर्नुको कारणबारे अहिलेसम्म सरकारले केही जानाकारी दिएको छैन् ।
उनले संबैधानिक सुधार र मानवअधिकारका पक्षमा बारम्बार आवाज उठाएकाले सोही कारण कारागार राखिएको हुन सक्ने केहीले अनुमान गरेका छन् ।
उनको पूर्वयुवराज मोहमदा विन नायफसँगको सम्बन्धका कारण जेल चलान गरिएको हुन सक्ने केहीको अनुमान छ । राजकुमारीको स्वास्थ्यमा समस्या देखिएपछि रिहा गरिएको प्राप्त पछिल्लो विवरणमा जनाइएको छ ।
आफ्नो स्वास्थ्यमा थप समस्या देखिएको भन्दै गत अप्रिलमा ५७ वर्षीय बास्माले साउदी राजा सलमान र युवराज मोहमदा विन सलमानसमक्ष रिहाईका लागि अनुरोध गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपत्यकामा उत्पादित सागमा अत्यधिक विषादी, जोगिन के गर्ने ?
-
बरु ओली अलि बढी खुला, प्रचण्ड सदा झैँ कुटिल : डा भट्टराई
-
अत्यधिक चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
-
कानुन निर्माण अध्ययन कार्यदलको निष्कर्ष : प्रदेश सांसदहरू नै विधायिकी कार्यमा ध्यान दिँदैनन्
-
मध्यपहाडी लोकमार्गको कास्की–बागलुङखण्डमा १९३ किमि कालोपत्र