‘एउटा प्रेमपत्र उनको नाममा लेखेँ’
काठमाडौँ । वरिष्ठ नाट्य कलाकार तथा निर्देशक हुन् सुनील पोखरेल । भारतको नाट्य विद्यालयबाट नाटकसम्बन्धी औपचारिक शिक्षा प्राप्त गरेका उनी नेपाली, भरतीय तथा युरोपेली नाटकको निर्देशन गरेका छन् । उनको रङ्गकर्म यात्रा २०३५ बाट प्रारम्भ भएको हो । पूरै जीवन नाट्य क्षेत्रमा समर्पित उनी नाट्यसंस्था गुरुकुलका संस्थापक पनि हुन् । पछिल्लो समय फिल्म तथा रङ्गमञ्चमा क्रियाशील थुप्रै कलाकार उनीद्वारा प्रशिक्षित छन् ।
अग्निको कथा, पुतलीको घर, न्याय प्रेमी, चतुरेको दाउपेच, घनचक्करलगायत करिब तीन दर्जनभन्दा बढी नाटक निर्देशन गरेका उनले यतिकै सङ्ख्याको नाटक अभिनय पनि गरेका छन् । देशमा एउटा नाट्य एकेडमी र गुरुकुलका लागि आफ्नो भवन बनाउने सपना पालेका सुनील पोखरेलको जीवनका विभिन्न पाटा रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा ।
केको पकाउनु
दाल, भात, तरकारी र खसीको मासु मनपर्ने खाना हुन् । तरकारीमा साग मनपर्छ, घिरौला, चुचेकरेलो मनपर्दैन । रेस्टुरेन्ट जाने चलन छैन । पकाउन रुचि छैन । विवाह गर्दा श्रीमतीसँग किचेनमा भात पाकेन भने होटलमा खान्छु भन्ने सर्त नै राखेको थिएँ । चिया, अमलेट र चाउचाउ बनाउन भने आउँछ ।
त्यो छुट्यो
फिट्नेसका लागि केही अगाडिसम्म मर्निङवाक गर्थें । पछिल्लो समय जाडो बढेकाले छोडे । सूर्य नमस्कार, प्रणायम चाहिँ नियमित गर्छु । त्यसपछि केही छिन् ध्यान पनि गर्छु ।
उनले किन्छिन्
क्याजुअल पहिरन विशेष गरेर कालो रङ्गको मनपर्छ । धुलोमा बस्दा पनि सजिलो हुने पहिरन प्रयोग गर्छु । विशेष कार्यक्रममा कपडाको सर्टपाइन्ट त्यो पनि श्रीमतीको करले लगाउँछु । अन्य समय टिसर्ट, ज्याकेट, टाउजर ।
आझ्ना लागि पहिरन अहिलेसम्म किनेको छैन । सधैँ श्रीमती निशाले किनिदिन्छिन् । ब्रान्डेड कि सिम्पल त्यसमा चासो लाग्दैन ।
गफ दिन मिलेन
धेरै अध्ययन गर्छु भनेर गफ दिन मिलेन । कामले खाली भए किताब समाउँछु । फिक्सन, नन्फिक्सन दुवै खालका पुस्तक पढ्छु । पढेकामा पनि मनपरेका किताब धेरै छन् । बजारमा नयाँ आएका र पुराना सबै खालका पुस्तक पढ्छु ।
भर्खर शङ्कर लामिछानेको कलेक्सन किताब पढेर सकेँ । पढ्न नपाएको किताब केही छैन । किनभने विद्यार्थीले के पढ्न मनलागेको छ । सोधेर गिझ्ट गर्छन् । म पनि गिझ्ट गर्नुपर्यो भने पुस्तक नै दिन्छु ।
फिरीमा घुमियो
घुमघाममा धेरै रुचि छ । यो ठाउँ भन्ने छैन । यात्रा गर्न एकदमै मनपर्छ । पछिल्लो समय यात्रा गरेको ठाउँ कालिन्चोकबाट चौँरीगोठ हो । घुम्ने, हिँड्ने भन्यो भने म कुदिहाल्छु ।
देशका ३, ४ जिल्लाबाहेक सबै ठाउँमा पुगेको छु । विदेशका पनि २० देश भ्याएँ कि । अहिले जानमन लागेको देश ग्रिस हो । किनभने पश्चिमेली मुलुकमा नाटक त्यहीँबाट सुरुवात भएको हो । त्यहाँको पुरानो ओपन थिएटर हेर्न मन छ । देश विदेश जति घुमेँ म त्यो सबै नाटकको सिलसिलामा घुमेको हो । आफ्नो पैसाले घुमेको भनेको पोखरा र मनकामना मात्र ।
फुर्सदै फुर्सद
कोरोना यता गुरुकुल बन्द भएको छ । त्यसैले फुर्सदै फुर्सद भयो । अहिले फेरि गुरुकुल सुरु गर्न लागेको छु । म ललितपुर बस्छु । काम छैन भने घरबाट बाहिर निस्किन्न । घरमा पढेर बस्छु । परिवारलाई समय दिन्छु ।
औँलामा चोट
खेलकुद खेल्न होइन, हेर्न रुचि छ । टीभीमा फुटबल, क्रिकेट हेर्छु । मेरो मनपर्ने खेल क्रिकेट हो । विश्व चर्चित खेलहरू हेर्छु । सानोमा क्रिकेट खेलेको औँलामा चोट लागेपछि खेलिनँ । फुटबल त कहिलै खेलिनँ ।
आइफोन छ नि
मसँग एउटा आइफोन मोबाइल छ । म्यासेज हेर्ने र फोन गर्नेबाहेक मोबाइलमा केही गर्दिनँ । मोबाइल उपहार आक्कल झुक्कल पाउँछु, आफू पनि दिन्छु । मोबाइल हराएको छु । मोबाइल छिटोछिटो फेर्ने बानी छैन ।
अहिलेको मोबाइल श्रीमतीले किनिदिएकी हुन् । मोबाइलमा धेरै फङ्सङ चलाउन आउँदैन । केवल फोन गर्न पाए पुग्छ ।
नाटकै हो
टीभी कहिलेकाहीँ हेर्छु । पहिले भारतीय टीभी दुरदर्शनले राम्रो सिरियल देखाउँथ्यो । त्यो हेर्थें । अहिले टीभीमा धेरैजसो हास्य धारावाहिक सिरियल आउँछ । कहिलेकाहीँ रियाली सो हेर्छु ।
फिल्म पनि भ्याएको बेला हेर्छु । पहिले हलमा लिएर जान्थेँ । अचेल घरमै हेर्छु । हिन्दी, नेपाली, अङ्ग्रेजी सबै खालका फिल्म हेर्छु । तात्कालीन परिस्थितिसँग मिल्ने फिल्म भेटे राम्रो लाग्छ । कहिलेकाहीँ विद्यार्थी आफैँले खेलेको फिल्म हेर्न लैजान्छन् । मेरो विद्यार्थी धेरै फिल्म अभिनय छन् ।
पेसा रङ्गकर्मी
पेसा, काम जे भने पनि रङ्गकर्म हो । २०३५ देखि म यो कर्ममा नियमित छु । कलाकार रमेश बुढाथोकी मेरो क्लासमेट थिए । उनको सङ्गतले नाटकमा छिरेको हो । त्यसपछि बद्री अधिकारीको मायाले अहिलेको अवस्थामा छु । मैले अभिनय गरेको पहिलो नाटक ‘सत्यको खोज’ थियो ।
अहिलेसम्म मैले करिब तीन दर्जन नाटक अभिनय गरे होला । निर्देशन भने तीन दर्जन माथि भयो कि । फ्रान्सेली लेखक अर्बियल कार्नियो भन्नेको उपन्यास मञ्चन गरेको थिएँ । त्यो नाटक अहिले पनि सम्झन्छु । त्यसपछिको मनपरेको अभि सुवेदीको ‘अग्निको कथा’ नै हो ।
नाटकको सिलसिलामा देश विदेश थुप्रै घुमेको छु । त्यो क्रममा धेरै घटनाहरू घटेका छन् । दुःखद घटना धेरै छन् । यो बारेमा अहिले कुरा नगरौँ । अहिले ग्रिसको एथेन्स थिएटरमा गएर एउटा नाटक देखाउन मन लागेको छ । धेरैले भन्छन्, फिल्म आएपछि नाटक पछि पर्यो । मलाई त्यस्तो लाग्दैन । फिल्म र नाटक दुवै शक्तिशाली माध्यम भने हुन् ।
थिएटरको आर्टिस फिल्ममा राम्रो जम्नु राम्रो कुरो हो । त्यसले उनीहरूलाई धेरै माझ पुर्याउन र कमाइ पनि राम्रो हुन्छ । सीधै फिल्ममा आएका कलाकारले भई छोडेहोला । थिएटरबाट फिल्ममा आएका कलाकारले अहिलेसम्म भुइँ छोडेका छैनन् । त्यो राम्रो पक्ष हो । फिल्मको जस्तो आम्दानी त छैन । तर पनि रङ्गकर्ममा लागेर पछुतो छैन । किनभने अरूसँग म आफूलाई कहिल्यै तुलना गर्दिनँ । नाटकको परिभाषा धेरैले धेरै प्रकारको दिन्छन् । मेरा लागि नाटक अभिव्यक्तिको एउटा माध्यम हो ।
पहिले नेपाल टेलिभिजनका लागि सिरियल पनि बनाएको थिएँ । तर मेरो काम नाटकै हो । नाटककैका लागि २०६३ मा गुरुकुल स्थापना गरेँ । कोरोनाको समय बन्द भएको थियो । यही ३० गतेबाट फेरि खुल्दैछ थापागाउँमा । रङ्गकर्ममा मेरा थुप्रै चेलाचेली छन् । रङ्गकर्मको म टिचर पनि हुँ ।
हामी सङ्घीय संरचनामा त गयौ । तर नाटकमा यस्ता विषय आउन सकेनन् ।
जीवनमा भूल नगर्ने मानिस हुन्छ र ? म पनि मान्छे त हुँ । कति भूल गरियो गरियो नि । जीवनमा सधैँ पछुताउने भूल छैन । तर भूलहरू टन्नै गरेको छु है ।
प्रेम विवाह
मैले २०४७ सालमा निशासँग प्रेम र मागी दुवै विवाह गरेको हो । निशाकी दिदी र म सहकर्मी थियौँ । त्यो हिसाबले दुवैको घरमा आउने जाने हुन्थ्यो । निशासँगै पनि काम गरियो । त्यो क्रममा प्रेम बस्यो । त्यो बेला डेटिङ जाने, आई लभ यु भन्ने चलन थिए । एउटा प्रेमपत्र उनको नाममा लेखेको थिएँ । दिल्ली गएको बेला कुर्तासुरुवाल उपहार ल्याइदिएँ ।
निशाको हात माग्न उनको घरमा मेरोतर्फबाट हरिहर शर्मा, सरोज खनाल, शैलेस आचार्य, बद्री अधिकारी गएका थिए । केटो सोझो छ भनेर दिए । निशा नभएको भए म नाट्य क्षेत्रमा यो पोजिसनमा हँुदैन थिएँ । सायद गाउँमा हलो जोत्दै हुन्थेँ कि ।
थिएटरको एकडेमी
देशमा एउटा थिएटरको एकडमी र गुरुकुलको आफ्नो भवन बनाउने सपना छ । मेरो अबको यात्रा त्यसतर्फ रहन्छ । मैले नसकेको अवस्थामा पनि गुरुकुल चलेको होस् र म नाटक हेर्न आउन पाऊँ भन्ने छ । गुरुकुल कसैले जिम्मा लिइदियोस् भन्ने छ ।
सुख, दुःख त्यस्तै हो
म भौतिक दुःखको कुरो गर्दिनँ । त्यो महìवपूर्ण होइन । जीवन र नाटकको फरक तादात्म्य छ । त्यो नबुझ्नु एउटा रङ्गकर्मीको दुःख हो । मैले इमानदारीकासाथ भनेको हो ।
आफूलाई मनपरेको काम गर्न पाइयो । कोही हाकिम छैन, समय सीमा छैन, कसैको छेकबार छैन । यो खुसी हो ।
त्यो भूल हो
जीवनमा भूल नगर्ने मानिस हुन्छ र ? म पनि मान्छे त हुँ । कति भूल गरियो गरियो नि । जीवनमा सधैँ पछुताउने भूल छैन । तर भूलहरू टन्नै गरेको छु है ।
रङ्गकर्ममा आउनु भूल पनि मान्दिनँ । यो क्षेत्रमा म आफ्नो खुसीले आएको हो । नाट्य क्षेत्रमा किन लागे छु भनेर रोएको अवस्था धेरै छ । तर किन ? अहिले भन्दिनँ । एक्लै बसेर अहिले पनि कहिलेकाहीँ रुन्छु । अशेष मल्ल दाजुले उहिले भन्नुहुन्थ्यो, ‘ऐनामा हेर्दा आफूलाई थुक्नु नपरोस् है’ । म त्यो अवस्थामा छैन ।
गुरुकुल बन्द भएपछि म बिग्रिएँ, बदनाम भएँ ।
खराबी थुप्रै छन्
खराब बानी थुप्रै छन् । म सबैलाई एकदमै विश्वास गर्छु । विश्वास गरेका कारण धोका खान्छु । दुनियाँ जसरी देख्छु त्यसरी चल्छ कि भनेर सोच्छु । त्यो चन्दैन रहेछ ।
गीत मनपर्छ
गीतसङ्गीत अत्यतै मनपर्छ । ६० को दशकका गीतहरू बढी मनपर्छ । मनछुने गीतहरू सुन्छु हिन्दी, नेपाली, अङ्ग्रेजी । सङ्गीत जुनै समय पनि सुन्छु । अहिलेसम्म गीत गाएक छैन । गाउँ जस्तो लाग्दैन । किनभने त्यो मेरो क्षेत्र होइन ।
रोग छैन
डाक्टरले उहिले अलिअलि फ्याट्टी लिभर छ भनेका थिए । त्योबाहेक ईश्वरको कृपाले अहिलेसम्म केही रोग छैन । म अहिलेसम्म फिट एन्ड फाइन छु ।
मापसे गर्छु
गुरुकुल बन्द भएपछि म बिग्रिएँ, बदनाम भएँ । अहिले भने सुत्ने बेलामा एक पेक पिउँछु । त्यो पनि छोराले अड्कल गरेर दिन्छन् । मापसे सकेसम्म भोड्का खान्छु ।
राशि मीन
मेरो राशि ‘मीन’ हो । कहिल्यै ग्रहदशामा विश्वास लाग्दैन । पूजापाठ पनि गर्दिनँ । घरमा कुलको दियो बाल्नुपर्छ भनेर बाल्ने गरेको छु ।
मृत्यु विश्राम हो
मृत्यु विश्राम हो । पहिले पहिले मृत्युसँग डर लाग्थ्यो । मलाई अहिले मृत्युसँग डर छैन । मैले छोरालाई भनेको छु ‘मृत्युपछि मेरो श्राद्ध क्रिया गर्नुपर्दैन । सके कोसीको छेउमा लगेर जलाइदेऊ र त्यो खरानी मानसरोवरमा पुर्याउ ।’ मैले आफ्नो हिसाब किताब गरिसकेको छु ।