पाकिस्तानमा हिउँ हेर्न गएका सयौँ मानिस फसेँ, २१ जनाको मृत्यु
पाकिस्तानमा हिउँमा पुरिएर कम्तीमा २१ जनाको मृत्यु भएको छ । राजधानी इस्लामवाददेखि उत्तरी क्षेत्रमा अवस्थित मुरी सहरको हिलटपमा हिउँ हेर्न पुगेका मानिस हिउँमा पुरिँदा उनीहरूको मृत्यु भएको हो । हिमपातका कारण एक हजारभन्दा बढी सवारी साधन अलपत्र परेका छन् ।
मृत्यु हुनेमा प्रहरी, उनकी श्रीमती र उनीहरूका ६ सन्तान अर्को पाँच जनाको परिवारसमेत छन् । हिउँका कारण अवरुद्ध सडक पन्छाउन र हिउँमा फँसेका व्यक्तिहरूको उद्धारमा सेना खटिएको छ । सो क्षेत्रमा ठुलो सङ्ख्यामा एकै पटक मानिसहरू भ्रमण गर्दा सङ्कट निम्तिएको गृहमन्त्री शेख रशिदले बताएका छन् ।
पछिल्लो समयमा सो सहरमा एक लाखभन्दा बढी कार पुगेका थिए भने सामाजिक सञ्जालमा हिउँमा रमाएका मानिसका तस्बिर र भिडियो भाइरल भएका थिए । हिउँका कारण सयौँ पर्यटकहरू अलपत्र परेको स्थानीय सञ्चार माध्यमहरूले जनाएका छन् । बढ्दो हिमपात र सवारी चापका कारण सरकारले त्यहाँ विपद् घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन