शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

चितवन एमालेको अधिवेशन स्थगित

शनिबार, २४ पुस २०७८, २० : ११
शनिबार, २४ पुस २०७८

नेकपा (एमाले) चितवनको १०औं जिल्ला अधिवेशन स्थगित गरिएको छ । अधिवेशनअन्तर्गत आज भएको बन्दसत्रमा नेतृत्वले अध्यक्षमा सहमति गराउन सकेन । आइतबार चितवन महोत्सव उद्घाटन हुने कार्यक्रम रहेकाले २६ पुससम्मको लागि अधिवेशन स्थगित गरिएको छ ।

अध्यक्षका लागि रामप्रसाद न्यौपाने, कृष्ण भुर्तेल, तेजेन्द्र खड्का र कमल पाठकले आकांक्षा देखाएकोमा पाठकले न्यौपानेलाई समर्थन गर्ने भएका छन् । आफू उपाध्यक्षमा बस्ने भन्दै उनले न्यौपानेलाई अध्यक्षमा समर्थन गरेका हुन् । अध्यक्षमा आकांक्षा देखाएका खड्काले पनि अध्यक्षमा दाबी नरहेको प्रतिक्रिया दिएका छन् ।

बाँकी तीन आकांक्षीहरूमा पनि सहमतिबाटै अध्यक्ष चयन गर्ने प्रयास गरिएको छ । सर्वसम्मतिबाट अध्यक्ष चयन गर्न ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको छ । अध्यक्ष मण्डलमा जिल्ला अध्यक्ष पार्वती रावल र पूर्वअध्यक्ष कृष्णभक्त पोखरेलसहित चितवनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका नेताहरू छन् ।

शनिबार भएको बन्दसत्रमा आर्थिक, सांगठनिक प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित भएका छन् । त्यस्तै, जिल्ला कमिटीमा रहन चाहने इच्छुक नेताहरूको सूची बनाएर अध्यक्ष मण्डललाई दिइएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप