बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

१३ जिल्लामा एमालेका जिल्ला अध्यक्ष सर्वसम्मत चयन

शनिबार, २४ पुस २०७८, १९ : ५०
शनिबार, २४ पुस २०७८

१३ जिल्लामा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष सर्वसम्मत छानिएका छन् । शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन सुरु भएपनि अधिकांश जिल्लामा निर्वाचन हुने भएको छ । नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार सर्वसम्मत अध्यक्ष चयन भएका जिल्लाहरुमा झापा, पाल्पा, दाङ, डोल्पा, सल्यान, बर्दिया छन् । त्यसैगरी बाँके, धादिङ, अर्घाखाची, मोरङ,काभ्रे, भक्तपुर, गुल्मीमा पनि सर्वसम्मत नेतृत्व चयन भएका छन् ।

नेता रिजालका अनुसार झापामा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा, सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ,बाँके किस्मतकुमार कक्षपति,धादिङमा भूमि त्रिपाठी र अर्घाखाँचीमा पीताम्बर भुसाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

 त्यसैगरी मोरङमा ऋषिकेश पोखरेल,काभ्रेमा अशोक व्याञ्जु,भक्तपुरमा बचन देउजा र गुल्मीमा बालसिंह काउछा जिल्ला कमिटी अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी मजदुर विशेषतर्फ जितेन्द्र श्रेष्ठ निर्वाचित भएको रिजालले जनाएका छन् । 

शुक्रबार ६३ जिल्लाको जिल्ला अधिवेशन अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप