बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सहकारीले उत्पादन क्षेत्रमा लगानी वृद्धि गर्नुपर्छ : मुख्यमन्त्री केसी

शनिबार, २४ पुस २०७८, १९ : ३८
शनिबार, २४ पुस २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सहकारी संस्थाले उत्पादनशिल क्षेत्रमा लगानी गरेर मुलकलाई आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । उनले सहकारीले शेयर सदस्यको भावनात्मक सम्बन्ध जोड्दै सामाजिक अभिभावकको भूमिका खेल्नु पर्नेमा समेत जोड दिए ।

 आज बुटवलमा धौलागिर बहुउद्देश्यीय सहकारी संस्थाको २२ औं साधारण सभामा बोल्दै मुख्यमन्त्री केसीले ५ दलीय गठबन्धनको सरकारले समृद्ध र आत्मनिर्भर प्रदेश बनाउदै संघात्मक मोडेलको  नतिजा दिन चाहेको बताए । सहकारी सम्बन्धि केही ऐनहरु  ब्यवहारिक  नभएको भन्दै उनले त्यसलाई परिमार्जन गर्ने तयारी भएको बताए । 

आम जनतालाई सहकारीकरण गर्दै  वित्त ब्यवस्थापनलाई  गर्दै उत्पादनसँग जोड्न सकिने मुख्यमन्त्री केसीको भनाई छ । यस्तै नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँणले सहकारी अभियानबाट आर्थिक परिवर्तनसँगै महिलाहरुमा नेतृत्व गर्न सक्ने क्षमताको विकास भएको दाबी गरे ।

सहकारीलाई उत्पादनसँग जोड्न आवश्यकता रहेको बताउँदै सहकारीले आर्थिक क्रियाकलापसँगै सामाजिक क्षेत्रमा पनि महत्वपूर्ण भूमिका खेल्दै आएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप