बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले मोरङको अध्यक्षमा पोखरेल सर्वसम्मत

शनिबार, २४ पुस २०७८, १८ : ३६
शनिबार, २४ पुस २०७८

नेकपा एमाले मोरङको नवौं अधिवेशनबाट अध्यक्षसहित पदाधिकारी निर्विरोध चयन भएका छन् । निर्वाचन समितिले तय गरेको निर्वाचन तालिकाअनुसार अध्यक्षमा ऋषिकेश पोखरेल, उपाध्यक्षमा बाबुराम कार्की, सचिवमा रुपेश खतिवडा, सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साहको मात्रै उम्मेदवारी परेसँगै उनीहरु सर्वसम्मत चयन भएका हुन् । यद्यपि अध्यक्षसहित पदाधिकारी निर्वाचित भएपनि घोषणा हुन भने बाँकी छ ।

उनीहरुमध्ये पोखरेल,कार्की,खतिवडा पुरानै अनुहार हुन् । उनीहरु जिल्ला अधिवेशन आयोजक समितिमा रहेका थिए । सहसचिवमा शान्ति कुमारी लिम्बू र सन्तोष साह भने नयाँ अनुहार हुन् ।
केराबारी गाउँपालिकाकी उपाध्यक्ष रहेकी भुजेल १० बुँदेपछि एमालेमा फर्किएकी थिइन् । 

यसैबीच १६५ जनाको जिल्ला समितिमा ४ सयको उम्मेदवारी परेको बताइएको छ। उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुन भने बाँकी छ । उम्मेदवारी फिर्ताको समय भोली दिउँसो ३ बजेसम्मका लागि राखिएको छ। मतदान भने पर्सि नेकपा एमाले पार्टी कार्यालय पाञ्चालीमा बिहान १० बजेदेखि हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप