नारायणी नदीमा भेटियो डल्फिन
![नारायणी नदीमा भेटियो डल्फिन](https://rpcdn.ratopati.com/media/albums/dolphin.jpg_sSosIhfSON.jpg)
नारायणी नदीमा डल्फिन भेटिएको छ । नारायणीमा यसअघि तीन वर्ष अगाडि डल्फिन देखिएको थियो । यस पटकको जारी जलपंक्षी गणनाका क्रममा चराविद्ले डल्फिनको फोटो खिचेका छन् । शुक्रबार नारायणी नदीको अमलटारी घाटदेखि त्रिवेणीसम्म जलपक्षी गणना गर्ने समूहले भेलौजी भन्ने स्थानमा डल्फिन फेला पारेको हो । भेलौजीमा नदीको बहाव शान्त र सतह गहिरो छ ।
जलपंक्षी गणना गरिरहेका टेक महतोले डल्फिनको फोटो खिच्न भ्याएका हुन् । ‘त्रिवेणीभन्दा केहीमाथि जलपंक्षी गणना गर्दै गर्दा पानीमा डल्फिन खेल्दै गरेको देखियो । मसँग क्यामरा थियो । क्यामरामा कैद गरिहालेँ’, उनी भन्छन्, ‘डल्फिन देख्न सजिलो छैन । यसअघि तीन वर्ष अघि देखेको थिएँ ।’
२०७५ सालमा नारायणी नदीमा दुई वटा डल्फिन फेला परेका थिए । घडियाल गोहीको वासस्थान अनुगमन गर्ने क्रममा फेला परेका गोहीको फोटो खिच्न भने सकिएको थिएन । त्यसपछिका वर्षहरू नदीमा डल्फिन देखिएको थिएन ।
डल्फिन स्तनधारी जलचर जीव हो । नेपालको नारायणीलगायत विभिन्न नदीहरूमा डल्फिन फेला परे पनि यसको संरक्षणमा सरकारले खासै चासो देखाएको छैन ।
‘जलपंक्षी गणना गर्दा धेरै वर्ष पहिला डल्फिन भेटिएको थियो । त्यसपछि अहिले पनि भेटियो’, जलपंक्षी गणक डिबी चौधरीले भने, ‘यसपालि भेटेर फोटो खिच्न पनि साथीहरू सफल हुनुभयो ।’ चौधरीले पनि तीन वर्षअघि नारायणीमा डल्फिन देखिएको बताए ।
नारायणीमा केही वर्ष अगाडि दुई वटा डल्फिन भेटिएको रेकर्ड भए पनि त्यसको खोज तथा अनुसन्धान गर्ने काम भने नभएको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले बताए । ‘नारायणी नदीमा दुईवटा डल्फिन देखिएको भनिएको छ । दुई वटा छ भनेर रेकर्ड राखिएको छ, तर त्यसको रिसर्च चाहिँ भएको छैन’, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन