शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१०–१५ वर्ष मात्रै राजनीतिमा सक्रिय रहन्छु : गगन थापा

शनिबार, २४ पुस २०७८, १७ : ४०
शनिबार, २४ पुस २०७८

सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले देशलाई सम्हाल्न सकारात्मक सोच भएका तन्नेरीहरु चाहिएको बताएका छन् । महामन्त्री थापाले देशमा धेरै कुराहरु बिग्रेको उल्लेख गर्दै त्यसलाई सम्हालेर अघि बढन सकारात्मक सोच भएका तन्नेरी चाहिएको बताएका हुन् । 

विनायक सिद्धि कलेजले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले तन्नेरीहरू जोसिला हुने र त्यसमा थप सकारात्मक चिन्तन आवश्यक रहेको बताए ।  महामन्त्री थापाले नेपाललाई योभन्दा धेरैमाथि पुर्याउने संकल्प सहित आफूले अबको १०/१५ वर्ष मात्रै सक्रिय राजनीति गर्न चाहेको पनि दोहोर्याए । उनले बिग्रेको देश सम्हाल्ने गरी पठनपाठनको विषयलाई अघि बढाउनुपर्नेमा पनि जोड दिए ।

महामन्त्री थापाले भने, ‘म नेपालको एउटा राजनीतिक पार्टीको कार्यकर्ता हुँ । मैले मेरो जीवन २५/३० वर्ष एउटा राजनीतिक कार्यकर्ता भएर बिताएको छु । अर्को १०/१५ वर्ष मात्रै नेपालको राजनीतिमा क्रियाशील रहन्छु । त्यसपछि विश्राम लिन्छु भन्ने मेरो संकल्प छ । मैले विश्राम लिँदै गर्दा नेपाल योभन्दा धेरैमाथि पुगेको हुनेछ भन्ने कुरामा मेरो विश्वास छ । यसका लागि जम्मा एउटा कुरा चाहिएको छ –सकारात्मक सोच्ने तन्नेरीहरू । हाम्रा तन्नेरीहरूसँग जोश छ । जोश सँगसँगै उनीहरुको चिन्तन अब सकारात्मक चाहिएको छ । हामीलाई ‘प्रवलम’ देखाउने मानिस होइन, सोलुसन खोज्ने मानिस चाहिएको छ । ‘प्रवलम’  जसले पनि देखाउनसक्छ । ‘प्रवलम’ देखाउने बहादुर होइन् सोलुसन खोज्ने मानिस बहादुर हो ।’

महामन्त्री थापाले देशलाई समस्या खडा गर्नेहरुको आवश्यकता नभएको स्पष्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप