आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू, अध्यक्षमा दुई जनाको दावेदारी

शनिबार, २४ पुस २०७८, १६ : ४१
शनिबार, २४ पुस २०७८

नेकपा एमाले रसुवाको बन्दसत्र सुरू भएको छ । नयाँ नेतृत्व चयनका लागि शुक्रबार सुरू भएको आठौँ जिल्ला अधिवेशन अन्तर्गत शनिबार दिउँसोदेखि बन्दसत्र सुरू भएको हो ।  नेकपा एमाले रसुवाका प्रचार विभाग प्रमुख पेम्बा तामाङका अनुसार नयाँ नेतृत्व चयनका लागि पाँच सदस्यीय निर्वाचन कमिटी गठन गरिएको छ ।

माधव अर्यालको संयोजकत्वमा छोवाङ तेन्जिन तामाङ, कुलप्रसाद भट्ट, तेब्रेल तामाङ, सरिता लम्साल सदस्य रहने गरी निर्वाचन कमिटी गठन गरिएको हो । नयाँ नेतृत्व चयनका लागि निर्वाचन कमिटीले आवश्यक प्रक्रिया सुरू गरेको जनाएको छ । 

नेकपा एमाले रसुवामा ९० सदस्यीय नयाँ कार्यसमिति चयन हुने भएको छ । अध्यक्षका लागि कन्र्याल तामाङ र अशोक घिमिरे दावेदार रहेका छन् । जिल्लाभरबाट पाँच सय ५६ जना प्रतिनिधि नयाँँ नेतृत्व चयनका लागि सहभागी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप