बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

बाँकेमा बाघको आक्रमणबाट एकको मृत्यु

शनिबार, २४ पुस २०७८, १६ : २७
शनिबार, २४ पुस २०७८

बाँकेको राप्ती सोनारी गाउँपालिका-६ हब्रहवा बस्ने ३३ वर्षीया चाँदनी थारुको बाघको आक्रमणमा परी मृत्यु भएको छ । उनलाई शनिबार बिहान बाघले आक्रमण गरेको थियो । 

सोही ठाउँस्थित सदाबहार सामुदायिक वनमा अन्य महिलाहरूसँग मिलेर सालको पात टिप्न गएकोमा चाँदनीलाई बाघले आक्रमण गरेको प्रहरीले जनाएको छ । उनको शव ईलाका प्रहरी कार्यालय भगवानपुर र अस्थायी प्रहरी पोष्ट फत्तेपुर 'ख' बाट खटिएको संयुक्त प्रहरीले जंगलमा फेला परेको थियो  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप