नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु
![नयाँ नेतृत्व चयन गर्न एमाले कैलालीमा निर्वाचन प्रक्रिया सुरु](https://rpcdn.ratopati.com/media/albums/uml_new_logo_6kgFKHBpAo.jpg)
नेकपा एमाले कैलालीको नेतृत्व चयनका लागि निर्वाचन प्रकृया शुरु भएको छ । मनोनयन दर्ता प्रकृयाका लागि फाराम बाँड्ने कार्यक्रम सुरु भएको नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले रातोपाटीलाई जानकारी दिए ।
यद्यपि अन्तिम समयसम्म सहमतिको प्रयास पनि सँगसँगै जारी रहने उनको भनाइ छ । ‘सहमतिको प्रयास पनि जारी छ, यदि भएन भने हुन्छ ।’
शनिबार दिउँसो निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरिसकेको छ । जसअनुसार दिउँसो ३ बजेदेखि ३ः३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन र ४ बजेदेखि ५ बजे सम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । साँझ ७ः३० देखि ८ः३० बजे सम्म अन्तिम नामावली प्रकाशन गरिने छ ।
यस्तै आईतबार ८ः३० बजेदेखि १ः३० बजेसम्म मतदान हुने कार्यतालिका रहेको उनले बताए । मतदान सकिएपछि मतगणना गरिनेछ । ।
जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन्। सुदूरपश्चिमका अन्य जिल्लामा भने बन्दसत्र शुरु भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ककटेल २ बाट दिपिका बाहिर
-
३१.४३ अंकले घट्यो सेयर बजार, परिसूचक २६०० मुनि
-
अफगानिस्तानमा दुई यात्रुवाहक बस दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
-
दलित समुदायको अधिकारसम्बन्धी विधेयक संसदमा पेस गर्न सरकारलाई निर्देशन
-
पुस ८ गतेदेखि ब्याडमिन्टन प्रतियोगिता हुने
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !