बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा एमाले अधिवेशन : नेतृत्व चयनमा सहमतिको प्रयास जारी

शनिबार, २४ पुस २०७८, १३ : ५२
शनिबार, २४ पुस २०७८

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीको शुक्रबारदेखि सुरु भएको आठौँ जिल्ला अधिवेशनमा आज निर्वाचन हुँदैछ।  जारी बन्दसत्रमा केन्द्रीय तहका नेताले सर्वसम्मत  नेतृत्व चयन गर्ने प्रयास गरिरहेका छन् ।  बन्दसत्रका आज बिहानदेखि नै प्रतिवेदन माथि समूहगत रुपमा छलफल भइरहेको र नेतृत्वमा सहमतिको प्रयास जारी रहेको एक नेताले बताए ।

उनका अनुसार दिउँसो ३ बजेसम्म सर्वसम्मतको प्रयास गरिने र ३ बजेपछि निर्वाचनको प्रक्रिया सुरु गरेर आजै निर्वाचन सकिनेछ ।  जिल्ला अध्यक्षका लागि अहिलेका अध्यक्ष वचन देउजा र वाग्मती प्रदेशसभा सदस्य शशिजङ्ग थापाले उम्मेदवारी दिने भएका छन् ।

एकसय पाँच सदस्यीय कमिटीमा सर्वसम्मत हुन नसकेका पदमा चुनाव गर्ने तयारी निर्वाचन समितिले गरे पनि एमाले नेता महेश बस्नेत, सोमप्रसाद मिश्रलगायत भने सर्वसहमतिको प्रयासबाटै नेतृत्व चयन गर्ने कसरतमा लागेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप