कमल थापालाई गृह जिल्लामै धक्का,अभियानविरुद्ध नेता कार्यकर्ता

राप्रपाका निवर्तमान अध्यक्ष कमल थापाले महाधिवेशनमा भएको पराजयलाई स्वीकार नगरी राजसंस्थालाई दोषारोपण गरिरहेकोमा उनकै गृहजिल्ला मकवानपुरमा असन्तुष्टि बढेको छ । राप्रपाका पूर्व केन्द्रीय सदस्यहरु, पूर्वजिल्ला अध्यक्ष, प्रदेश सदस्यहरु, जिल्लाका पदाधिकारीलगायत गाउँपालिकाको अध्यक्ष, क्षेत्रीय अध्यक्ष र जिल्ला सदस्यहरुले प्रतिनिधिमूलक भेलाले महाधिवेशनको बिषयमा गहिरो समीक्षा गर्दै थापाको अभियानलाई साथ नदिने निष्कर्ष निकालेका छन् ।
केन्द्रीय महाधिवेशनपछि पार्टीमा आकर्षण बढिरहेको र नयाँ नेतृत्वको कार्यशैली बारे समीक्षा गर्न हतार हुने भन्दै भेलाले पार्टीकै नीतिअनुरुप हिँड्ने धारणाको साथ अघि बढ्ने भएका छन् । हेटौंडामा आयोजित भेलामा पार्टीको बिचार सिद्धान्त प्रति एक ढिक्का हुने सन्देश दिँदै अहिलेको अवस्थामा कुनै व्यक्तिको पार्टी बिरूद्ध भइरहेका गतिविधिलाई साथ नदिने निर्णय गरेका छन् । उता कमल थापाले अभियानको भेला राख्दै गर्दा आफ्नै जिल्लामै समर्थन जुटाउन कठिन देखिन्छ ।
पार्टीको नेतृत्व परिवर्तनपछि बढ्दै गएको आकर्षणलाई भोटमा परिमार्जन गर्नुपर्ने विषयमा छलफल भएको छ । पार्टीलाई एकताबद्ध गरेर बिचारलाई बलियो र सशक्त बनाउन दृढतापूर्वक लाग्ने संकल्प रहेको जानकारी राप्रपा मकवानपुरका प्रवक्ता विषभ अधिकारीले दिए । यसले राप्रपाका नेताहरु एकजुट भएर पार्टीको विधि र परिधिभित्र रहेर अघि बढ्ने संकेत दिएको छ ।
बैठकमा राप्रपाका नेता मधु अधिकारी, नवराज बिष्ट, रामहरि न्यौपाने, बालकृष्ण कार्की, शिवराम थापा, प्रदेश सदस्यहरु धुर्व सन्जेल, गुन्जन न्यौपाने, जिल्ला सचिव सागर थापा, प्रदेश ुखु का अध्यक्ष बद्री कुँवर र मनहरी गाउँपालिकाका अध्यक्ष नरहरि महतलगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार, राजनीतिक दल, प्रशासन र निजी क्षेत्र सबै एउटै डुङ्गामा छौँ : अध्यक्ष ढकाल
-
बैंकर्स संघका अध्यक्ष भन्छन्, ‘मौद्रिक नीतिको समीक्षा स्वाभाविक र अपेक्षित’
-
बाँस सम्मेलनको तयारी पूरा
-
किन २४ घण्टे स्पष्टीकरणमा परे कुलमान ?
-
बागमती प्रदेशस्तरीय दुई दलीय संयन्त्रको बैठकको ७ बुँदे निर्णय
-
कर्णालीमा मन्त्रिपरिषद् बैठक : के–के भए निर्णय ?