आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सचेतना जगाउन विद्यालय पुगे सिडिओ र एसपी

शनिबार, २४ पुस २०७८, १२ : ०६
शनिबार, २४ पुस २०७८

बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका लागि प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय पुग्नु भएका प्रजिअ जनार्दन गौतमले बालविवाह न्यूनीकरणमा विद्यार्थीहरुको सक्रिय भूमिका रहने बताए । बालविवाहले निम्त्याउने असर र यसको  न्यूनीकरणका लागि विद्यार्थीले निर्वाह गर्नसक्ने  भूमिकाबारे उनले  जानकारी गराए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफ्लेले समाजमा विद्यमान बाल विवाह र लागु औषध दुर्व्यसनको अवस्था र कानूनी प्रावधानबारे जानकारी गराउनाका साथै यस विषयमा प्रहरीको आगामी योजनाबारे चर्चा गरे ।

बाल विवाह न्यूनीकरण र लागुऔषध नियन्त्रणमा प्रहरी आक्रामक ढङ्गले अघि बढेको छ भन्दै उनले प्रहरीको योजनामा स्थानीय तह, अभिभावक, शिक्षक र विद्यार्थीलगायत सबै पक्षबाट सहयोग पु-याउनु आवश्यक रहेको बताए । समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप सामुदायिक सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालयको संयुक्त आयोजनामा भएको कार्यक्रममा राजविराज–१६ का वडाध्यक्ष बुचाई दास, विद्यालयका शिक्षक र विद्यार्थीहरूले सचेतनामूलक कार्यक्रम  निरन्तर गरिनुपर्नेमा जोड दिए  ।

केन्द्रका अध्यक्ष हितनारायण लाल दासको अध्यक्षतामा भएको कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी, स्थानीय गाउँका बुद्धिजीवी, नागरिक समाजका अगुवाको सहभागिता थियो । समुदाय–प्रहरी साझेदारी अवधारणा अनुरुप जिल्ला प्रहरी कार्यालय र उक्त केन्द्रको संयुक्त आयोजनामा आर्थिक वर्ष २०७८÷०७९ मा ३३५ वटा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन भैसकेको केन्द्रका सचिव सञ्जय शर्माले जानकारी दिए । रासस

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप