संक्रमणदर बढेसँगै सुदूरपश्चिममा उच्च सतर्कता
सुदूरपश्चिम प्रदेशमा पछिल्ला केही दिनयता कोरोना संक्रमण दर बढ्न थालेसँगै प्रदेश सरकारले सर्तकता अपनाउन थालेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिममा पनि त्यसको असर बढेको भन्दै सरकारले रोकथाम तथा नियन्त्रणको तयारी अपनाउन थालेको हो ।
शुक्रबार मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा ब्यबस्थापन समितिको बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सबै स्थानीय तहमा आईसोलेसन सेन्टर विस्तार गर्ने निर्णय गरेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिह कार्कीले जानकारी दिए ।
संघीय सरकारसँग होल्डिङ सेन्टर संचालनमा सहयोग गर्न अनुरोध गर्ने, सबै नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप व्यवस्थित गरेर अघि बढ्ने जस्ता निर्णय भएको उनले बताए ।
त्यस्तै प्रदेश सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्थानीय तह, प्रशासन , सुरक्षा निकाय तथा सामाजिक संघ संस्थासंँग पनि समन्वय र सहकार्य गरी अघि बढने समेत निर्णय गरेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त