व्यासमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने
![व्यासमा सार्वजनिक जग्गा मिचेर बनाइएका संरचना हटाइने](https://rpcdn.ratopati.com/media/albums/byas_nagarpalika_RGPiWQV9SA.jpg)
तनहुँको व्यास नगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाएका संरचना हटाउने भएको छ । नगरक्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका संरचना हटाउन नगरपालिकाले चासो देखाएको हो ।
नगरपालिकाले त्यस्ता संरचना भत्काउन शुक्रबारदेखि १५ दिनको सूचना जारी गरेको छ । अतिक्रमण गरी बनाइएका संरचना हटाउन सम्बन्धित व्यक्तिलाई सूचना दिइएको र यसको अटेरी गरे नगरपालिकाले त्यस्ता संरचना भत्काउने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए ।
“सार्वजनिक जग्गाको संरक्षण गर्ने जिम्मेवारी सरकारको हो, सोही बमोजिम अतिक्रमित जग्गा फिर्ता ल्याउन संरचना भत्काउने निर्णय गरेका छौ”, उनले भने । उनका अनुसार व्यास नगरपालिका–२ डाङ्ग्रेखोल्सीमा सबैभन्दा बढी जग्गा अतिक्रमण भएको छ । साथै व्यास नगरपालिका–१ र १० मा पनि सार्वजनिक जग्गा अतिक्रमण गरी संरचना बनाइएको छ ।
नगरपालिकाका घर नक्सा शाखा प्रमुख इञ्जिनीयर अमृत केसीले सरकारी जग्गा मिचेर १४ वटा घर निर्माण भएको जानकारी दिए । “४८ वटा संरचना अनियमित तरिकाले बनेका छन्, त्यसमध्ये १४ वटा संरचना जग्गा अतिक्रमण गरेरै बनेका हुन्”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीवन बचाउने थलो बन्दै चारआली स्थित सर्पदंश उपचार केन्द्र
-
बेलायतमा लेबर पार्टी जित नजिक
-
नेपालमा गोताखोरको सङ्ख्या एक सय १० पुग्यो
-
पेनाल्टी सुटआउटमा इक्वेडरलाई हराउँदै अर्जेन्टिना सेमिफाइनलमा
-
गौरवशाली इतिहास बोकेका स्पेन र जर्मनीबिच सेमिफाइनलमा पुग्न रोचक भिडन्त
-
ऐनको अभावले आदिवासी चलचित्र ओझेलमा पर्यो – भुवन केसी